केपी ओलीले नियुक्त गरेका जागेश्वर गौतम पनि करोडौँको घोटालामा मुछिए - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

केपी ओलीले नियुक्त गरेका जागेश्वर गौतम पनि करोडौँको घोटालामा मुछिए



काठमाडौं- वीर अस्पतालको मेडिकल सामाग्री खरिद घोटालामा मुछिएका डा. जागेश्वर गौतममाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले डा. गौतम लगायतमाथि छानबीन गर्न अख्तियारलाई सिफारिस गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला डा. गौतमलाई वीर अस्पतालको जिम्मेवारी दिएर पठाईएको थियो ।

तत्कालिन ओली नेतृत्वको सरकारले कोभिड १९ सम्बन्धी अध्यादेश नै ल्याएर डा. गौतमलाई वीर अस्पतालको प्रमुख कार्यकारी अधिकारीमा नियुक्त गरेको थियो ।

नियुक्ती पाएसँगै उनले आफ्ना व्यावसायीक साझेदार सुन्दर भुषाल समलग्न कम्पनिलाई करोडौँको मेडिकल सामाग्री खरिदको ठेक्का दिलाएका थिए । ठेकेदारकै योजनामा बायोमेडिकल इन्जिनियर भावना बराललाई समेत नियुक्ती दिएर गौतमले अनियमितता गरेका थिए ।

कोभिड १९ केन्द्रीय अस्पताल घाषित वीर अस्पतालको करिब १५ करोड रुपैयाँको ठेक्का अनियमिततामा उनी मुछिएका थिए । राष्ट्रिय सतर्कता केन्द्रले गत साउनमै वीर अस्पतालमा छापा मारेर कागजात जफत गरेको थियो ।

भुसाल समलग्न रहेको म्याक्सिम इन्कर्पोरेशनलाई गौतमले मिलेमतोमा १५ करोड मुल्यको ठेक्का दिएका थिए ।