सरकारी मूल्यांकन भन्दा बढी मूल्यमा जग्गा बेच्न नपाइने: मूल्य ह्वात्तै घट्ने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सरकारी मूल्यांकन भन्दा बढी मूल्यमा जग्गा बेच्न नपाइने: मूल्य ह्वात्तै घट्ने



कालोधनले जग्गाकारोबार गरेर सम्पत्ति शुद्धिकरण गर्नेहरुका लागि सरकारको नयाँ नियम लगाएसँगै जग्गाको कारोबारमा ब्रेक लाग्ने भएको छ ।

बैंकहरुमा गो–एएमएल प्रणाली लागू भएपछि जग्गाको मूल्य ह्वात्तै घट्ने भएको हो ।

नयाँ नियम अनुसार चेक वा नगद जम्मा गर्दा अनिवार्यरुपमा विवरण खुलाउनुपर्ने छ । जग्गाको किनबेच भएको वास्तविक मूल्य देखाउनुपर्ने भएपछि जग्गाको भाउ घट्ने भएको हो ।

नयाँ प्रणाली अनुसार बैंकहरुमा रकम जम्मा गर्दा तीनपुस्ते सहित आम्दानीको स्रोत समेत खुलाउनुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले १ माघ देखि ‘गो–एएमएल’ मा गएका छन् ।

जसका कारण जग्गा बेचेको वास्तविक मूल्य खुल्ने प्रमाण (लिखत) बैंकमा देखाउनुपर्ने हुन्छ । यसअघि धेरै मूल्यमा जग्गा बेचेपनि सरकारी मूल्यांकन अनुसारको मात्रै राजश्व तिर्ने चलन थियो । अब भने त्यसरी ठग्न नपाउने भएका छन् ।
बैंकहरुका अनुसार जति सरकारी मूल्यांकन हो त्यहि मूल्यमा जग्गा बेच्नुपर्ने हुन्छ ।

बिक्रेताले पछि बैंकमा रकम जम्मा गर्दा पनि जग्गा बेचेको लिखत देखाउनुपर्ने हुन्छ । त्यसकारण जग्गाको वास्तविक मूल्य भन्दा धेरै देखाउन पाईँदैन ।

अर्थमन्त्री, नेपाल राष्ट्रबैंकले यसरी नयाँ नियम ल्याएपछि खेतीयोग्य जमिन जथाभावी घडेरीको रुपमा बेच्ने र चर्को मूल्यमा जग्गाको कारोबार गर्ने क्रम रोकिने भएको बताइएको छ ।

उता खेतियोग्य जग्गाको जथाभावी कित्ताकाट रोकेको भूमि व्यवस्था मन्त्रालयले पनि बैंकमा रकम जम्मा गर्दा जग्गा बिक्रीको लिखत अनिवार्य गर्ने जनाएको छ ।

जसले गर्दा भ्रष्टाचार, हुण्डी तथा अन्य गैर कानूनी कारोबारबाट कालोधन जम्मा गरेकाहरुले जग्गामा लगानी गर्ने र बढी मूल्यमा किनेको वा बेचेको देखाएर कालोधन सेतो बनाउने बाटो समेत बन्द हुने भएको छ ।

यसका लागि सरकारी निकायहरु अर्थ मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, नेपाल राष्ट्रबैंक, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग तथा बैंकहरुको तालमेछ भैरहेको बताइएको छ ।