प्राधिकरण संचालक समितिमा तीन नयाँ सदस्य नियुक्त - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्राधिकरण संचालक समितिमा तीन नयाँ सदस्य नियुक्त



काठमाडौं, पौष ४

लोडसेडिङ हटाउने अभियानमा अवरोध पुर्‍याएका तीन सदस्यलाइ बर्खास्त गरेर विद्युत प्राधिकरणको सञ्चालक समितिमा सरकारले नयाँ तीन सदस्य नियुक्त गरेको छ ।

रुकुम पूर्तिमकाँडा-६ का भक्तबहादुर पुन, बाजुरा मार्तडी-३ का चेतराज जोशी र सुर्खेत विरेन्द्रनगर-६ का उमेशप्रसाद थानीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको ऊर्जामन्त्री जनार्दन शर्माका स्वकीय सचिवले जानकारी दिए ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला सञ्चालक समिति सदस्यत्रय लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेले काममा अवरोध गरेका थिए ।

उनीहरुलाई ऊर्जा मन्त्रालयले स्पष्टिकरण समेत सोधेको थियो । स्पष्टिकरण चित्तबुझ्दो नभएको र राष्ट्रहितको काममा अवरोध पुर्‍याएको भन्दै मन्त्रालयले तिनैजनालाई पदबाट बर्खास्त गरेको छ ।

 

फोटो क्रेडिट :- अनलाइन खबर