सन्दीप सम्मिलित जमैका तलावाज सेमिफाइनलमा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सन्दीप सम्मिलित जमैका तलावाज सेमिफाइनलमा



एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सम्मिलित जमैका तलावाज सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा गुयाना एमेजन वारियर्सले बार्बाडोस ट्राइडेन्सलाई ६ विकेटले पराजित गरेसँगै जमैका दुई खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो । बार्बाडोस र सेन्ट किट्स एण्ड नेभियस प्याटियटस सिपिएलको लिग चरणबाटै बाहिरिने टोली बनेका छन् ।

सिपिएलमा ट्रीनबेगो नाइट राइडर्स, गुयाना, सेन्ट लुसिया जुक्स र जमैकाले सेमिफाइनलमा स्थान बनाएका छन् । सिपिएलमा अव लिग चरणका चार खेल बाँकी छन् । उक्त चार खेलपछि सेमिफाइनल समिकरण पूरा हुने छ । अंक तालिका शीर्ष स्थान र चौथो स्थानमा रहेको टोलीबीच पहिलो सेमिफाइनल हुने छ ।

दोस्रो सेमिफाइनलमा अंक तालिकामा दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुने छ । सेमिफाइनल ८ सेप्टेम्बर र फाइनल सेप्टेम्बर १० मा हुने छ ।

अपराजित ट्रीनबेगो नाइट राइडर्स ८ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ । गुयाना १० खेलमा ६ मा जित र ४ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । सेन्ट लुसिया जुक्स ८ खेलमा ५ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ ।

जमैका ८ खेलमा ४ मा हार र ३ मा जित सहित ७ अंक जोड्दै चौथो स्थानमा छ । बार्बाडोस ९ खेलमा २ मा जित र ७ मा हार सहित ४ अंकका साथ पाँचौ स्थानमा छ । ९ खेलमा ७ मा हार र १ मा जित सहित ३ अंक जोड्दै सेन्ट किट्स पुछारमा छ ।