जम्मा २०९ मत - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

जम्मा २०९ मत



काठमाडौं । उप चुनावमा एउटा मतदान स्थल रोचक बनेको छ । रोचक बन्‍नुको कारण हो न्युन मत खस्नु । त्यो रोचक मतदान केन्द्र हो, रोल्पाको ऐतिहासिक थवाङ गाउँको हो ।

थवाङ गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्ष चयनका लागि शनिबार मतदान भएको भयो । तर, कुल मतदाता १२८४ रहेकोमा २०९ जनाले मात्रै मतदान गरे । यो कुल मतदाताको १६.२८ प्रतिशत हो ।

११० पुरुष र ९५ जना महिलाले मात्रै मतदान गर्न आएको मुख्य निर्वाचन अधिकृत ऋषिराम सुबेदीले जानकारी दिए ।

वडाध्यक्षका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनकबहादुर बुढामगर र नेपाली कांग्रेसका कमलबहादुर रोकामगरबीच प्रतिस्पर्धा हुने अनुमान छ ।

थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भएको थियो ।