ट्रम्प चुनाव जित्ने सम्भावना जम्मा १० प्रतिशत बाँकी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

ट्रम्प चुनाव जित्ने सम्भावना जम्मा १० प्रतिशत बाँकी



एजेन्सी- नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जोय बाइडेनको पल्ला भारी देखिएको छ ।

कोविड १९ को प्रकोप हुनु भन्दा अघि अर्थब्यवस्थामा आएको तिब्रताले राष्ट्रपति डोनाल्ड ट्रम्प पुन निर्वाचित हुने सम्भावना बढेको यियो । यसतो स्थितिमा करिब सबै सत्तारुढ राष्ट्रपति नै जित्दै आइरहेको हो । तर अर्थशास्त्रीहरुको चुनाव मोडले यति बेला ट्रम्प जित्ने सम्भावना मात्र १० प्रतिशत रहेको बताएका छन् ।

ट्रम्प राष्ट्रिय जनमत सर्वेक्षणमा आफना प्रतिद्वन्दी भन्दा केही अंकले मात्र पछाडी थियो । अब राष्ट्रपति धरै अप्ठ्यारोमा छ । जोय बाइडेनले ९ अंकको अग्रता हासिल गरिसकेको छ । केही सर्वेक्षणमा त यो अग्रता अझ बढी नै छ ।

फ्लोरिडा, मिसिगन र विस्कोन्सिन जस्ता कडा प्रतिस्पर्धा हुने राज्यमा जोय बाइडेनको स्थिति राम्रो देखिएको छ । बुजुर्ग मतदाताबीचमा पनि उनलाई पर्याप्त समर्थन प्राप्त भइरहेको छ । कलेज नजाने श्वेत मतदाताहरु पनि उनकै साथमा देखिएका छन् ।

भाइरस संक्रमणले ठुलो संख्यामा मतदाताहरुमा ७४ बर्षिय ट्रम्प राष्ट्रपति पदका लागि उपयुक्त नभएको महसुस गराएको छ ।

नोभेम्बरका लागि अझै धरै समय बाँकी छ । यदि कोरोना भाइरस संक्रमण सिथिल हुन्छ, अर्थब्यवस्था सुध्रिन्छ भने आगामी दिनमा ट्रम्पको स्थितिमा सुधार हुन सक्ने सम्भावना राख्छ ।

यदि भाइरसको भिषण प्रकोप जारी रहन्छ, हुलाकबाट मतदान गर्ने ब्यवस्था पर्याप्त हुँदैन भने मात्र कम मतदानका कारण प्रतिस्पर्धा अप्रत्यासित हुन सक्ने अनुमान गरिएको छ ।