जमुना ,सपना ,बालचन्द्र र माईला बा सांस्कृतिक कार्यक्रममा दिल्ली आउदै - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

जमुना ,सपना ,बालचन्द्र र माईला बा सांस्कृतिक कार्यक्रममा दिल्ली आउदै



अर्जुन खनाल /नयाँ दिल्ली

अंग्रेजी नयाँ बर्षको  आगमन संगै भारतमा रहेको प्रवासी नेपाली संघले सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । भारतको प्रवासमा रहेर पनि नेपाली कला सस्कृतिलाई माया गर्दै प्रवासी नेपाली संघको मातहतमा रहेर शिर्जना सास्कृतिक मंचले कार्यक्रम आयोजना गरेको राजु न्यौपाने बताउछन  ।15555634_1363913750295159_1991596102_n

उक्त कार्यक्रममा लोक तथा दोहोरि गायिका जमुना राना ,सपना गाहा मगर ,लोक तथा दोहोरि गायक बालचन्द्र बराल ,धुर्व राना ,सुबोध पोख्रेल ,नबिन न्यौपाने , राम  गहतराज र हास्य कलाकार बिष्णु जी  पाण्डे “माईला बा “आउने बताएका छन् ।

सोहि कार्यक्रममा  निसुल्क स्वास्थ्य जाचको पनि व्यवस्था गरिएको बताएका छन्  ।उक्त कार्यक्रम १ जनवरीको दिन दिल्लीको   एन्डुसगंज सामुदायिक भवन मूलचन्द मेट्रोको नजिकै हुने छ  ।