राष्ट्रिय जनमाेर्चा अर्घाखाँचीद्वारा चुनावी जनभेटघाट तथा घरदैलाे अभियान सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

राष्ट्रिय जनमाेर्चा अर्घाखाँचीद्वारा चुनावी जनभेटघाट तथा घरदैलाे अभियान सम्पन्न



जितेन्द्र खत्री जेठ ११, अर्घाखाँची

राष्ट्रिय जनमाेर्चा भुमेकास्थान नगरपालिका वडा न २ ढाकावाङ्ग र वडा न ३ धारापानिका विभिन्न ठाउँमा राष्ट्रिय जनमाेर्चाकाे चुनाबि जनभेटघाट तथा घरदैलाे अभियान सम्पन्न भएका छन् । वडा नम्वर २ काे का बन्जारपाटाकाे हाटबजार , ठुलाखर्क लगायतका स्थानहरु र भुमेकास्थान नगरपालिका वडा नम्बर ३काे सिख्र हिले र उपल्लापाेखरा लगायतका ठाउँमा चुनाबि जनभेटघाट, घरदैलाे कार्यक्रम सम्पन्न भएका हुन । राष्ट्रिय जनमाेर्चा भुमेकास्थान नगरपालिकाका सम्योजक खड्क बहादुर थापाकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएका हुन ।

कार्यक्रममा भुमेकास्थान नगरपालिकाका मेयर पदका उम्मेद्वार कबिराम खनाल राष्ट्रिय जनमाेर्चा सन्धिखर्कका सदस्य तुल्सिराम खनाल भुमेकास्थान नगरपालिका सदस्य मेघराज खनाल वडा नम्वर २ का वडा अध्यक्ष पदका उम्मेद्वार बुद्धि बहादुर थापा लगायतले मन्तव्य राख्नुभएकाे छ ।

कार्यक्रममा बोल्दै भुमिकास्थान नगरपालिकाका मेयर पदका कबिराम खनालले आसन्न जेठ ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भुमेकास्थान नगरपालिकाको मेयर पदमा आफूले भारी मतले विजयी हासिल गर्ने बताउदै राष्ट्रिय जनमाेर्चा भुमिकास्थान नगरपालिका भरिनै राष्ट्रिय जनमाेर्चाकाे माहेाल धेरै राम्रो भएकाे बताउदै उहाँले आफू सामाजिक कामदेखि विकास निर्माणका काममा लागिरहेकाले विजयी हासिल गर्न सहज हुने बताउनुभयो ।

उहाँले मेयर÷उपमेयर लगायतका सबै पदमा विजयी हासिल गरेपछि भुमिकास्थान नगरपालिकालाई सुन्दर, हरावरा पर्यटकीय क्षेत्र बनाउने बताउनु भयो । कार्यक्रम सुमन्त पाैडेलकाे अध्यक्षता र के बि राउतकाे सञ्चालनमा सम्पन्न भएको हो । यसैबीच भुमिकास्थान नगरपालिका वडा नम्वर ३ काे हिले सिख्र लगायतका ठाउहरुमा चुनाबि घरदैलाे तथा जनभेटघाट कार्यक्रम सम्पन्न भएका हन् । कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष पदका उमेदवार बुद्धि बहादुर थापा महिला सदस्य केशरा परियार महिला दलित सदस्य सुमित्रा बि क सदस्य तेजिराम भुसाल हरि बहादुर खनाल त्यसैगरि वडा नम्बर १का अध्यक्ष पदका उमेद्वार भाेजराज खनाल ३ का अध्यक्ष पदका उमेेद्ववार बाबुराम बन्जाडे महिला सदस्य कमला जि एम दलित महिला सदस्य, कमला सुनार सदस्य रुमलाल पाेख्रेल हुम बहादुर सुनार राष्ट्रिय जनमाेर्चा नेता बाबुराम खनाल उद्योग व्यापार संघका केन्द्रीय सदस्य दुर्गा खनाल अखिल नेपाल राष्ट्रिय यातायात व्यबसाय तथा मजदुर युनियन का जिल्ला अध्यक्ष गाेविन्द बन्जाडे अखिल नेपाल युवक संघ नगरपालिका सम्याेजक ठाकुर पन्थि प्रगतिशील पत्रकार संघका जिल्ला सचिब जितेन्द्र खत्रि लगायतकाे उपस्थितिमा बिभिन्न ठाउँमा घर दैलो अभियान सम्पन्न गरिएको हाे । राष्ट्रिय जनमाेर्चालाई मेयर उप मेयर सदस्य सबैपदमा गिलास चिन्हमा मत दिइ विजयी गराउन मतदातासँग आग्रह गर्नुभएकाे छ ।