गठबन्धनको प्रभाव: जनमोर्चाले पनि खोल्यो राष्ट्रिय सभामा खाता - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गठबन्धनको प्रभाव: जनमोर्चाले पनि खोल्यो राष्ट्रिय सभामा खाता



काठमाडौं । राष्ट्रियसभामा राष्ट्रिय जनमोर्चाको ‘इन्ट्री’ भएको छ ।

बुधबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशको दलिततर्फ जनमोर्चाका उमेदवार तुलबहादुर विश्वकर्मा विजयी भए ।

सत्ता गठबन्धनको सहयोगमा विक राष्ट्रियसभा सदस्य बन्न सफल भएका हुन् ।

दाङको घोराहीमा बुधबार भएको निर्वाचनबाट विकले चार हजार ३५६ मतभार पाए ।

उनका प्रतिस्पर्धी कृष्ण सुनारले तीन हजार ३४८ मतभार पाएको सहायक निर्वाचन अधिकृत निमराज भट्टराईले जानकारी दिए । सुनार नेकपा (एमाले)का तर्फबाट उमेदवार बनेका हुन् ।

यसअघि, भएको राष्ट्रियसभा निर्वाचनमा यही प्रदेशबाट जनमोर्चाका रश्मिराज नेपाली उमेदवार बनेका थिए । तर, उनी पराजित भएका थिए ।