जनप्रगतिशिल मंच कतारको पाँचौ महाधिवेशन सेप्टेम्बर १५ मा हुने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

जनप्रगतिशिल मंच कतारको पाँचौ महाधिवेशन सेप्टेम्बर १५ मा हुने



हिमाल पोस्ट /कतार साउन ८ 

नेपाली जनप्रगतिशिल मन्च कतार को महाधिवेशन आयोजक समितिको बैठक सम्पन्न भएको छ ।पाँचौ माहाधिबेशन आयोजक कमिटी संयोजक रकम राई ले अध्यक्षता मा हिजो जुलाई २१ का दिन कतार को औद्योगिक क्षेत्र सनैयाको एक लेबर क्याम्पमा सम्पन्न बैठक ले महाधिवेशन लाई मध्यनजर राख्दै विभिन्न कार्यबिभाजन समेत गरेको आयोजक समिति सदस्य तथा पूर्व सचिव महेश दहाल ले जानकारी दिएका छन् ।

१० बर्से महान् जनयुद्ध तथा विभिन्न कालखण्डमा भएका आन्दोलन मा देश र जनताका खातिर ज्यानको आहुती दिने महान् सहिद हरुप्रती श्रद्धाञ्जली स्वरूप एक मिनेट मौनधारण गर्दै सुरु भएको कार्यक्रम लाई सञ्चालन मन्च का पूर्व सचिव तथा आयोजक कमिटी सदस्य महेश दाहाल ले गरेका थिए ।

बैठकले सांस्कृतिक विभागमा निकास घलान तामाङ, सङ्गठन विभागमा मोहन कार्की, प्रचारप्रसार विभागमा राज देबकोटा, व्यवस्थापन विभागमा राजु डुम्रे, विधान संशोधनमा टिकाराम भण्डारी , आर्थिक विभाग बुद्धि भण्डारी, यातयात विभागमा प्रेम परियार, युवा विभागमा लक्ष्मण कंडेल, सांगठनिक प्रतिवेदनमा रकमध्वज राई संयोजक तोकेको छ ।

मन्चले कतार मा सङ्गठन लाई व्यवस्थित गर्दै अल्खोर रस्लाफान, अोखीर होमसाईड अोख्रा, सनैया, न्यूसैलिया सुपर सैलीया, दोहा मुर्रा र लेबर सिटि भरूवा सिटि गरी सात क्षेत्रीय समिति मा गठन गरेको छ । बैठकमा महाधिवेशन आयोजक समिति का सह संयोजक राजु डुम्रेले सात पेजको लामो सङ्गठनको अबधाराणा पत्र समेत प्रस्तुत गरेका थिए भने आयोजक समितिमा रहेका पदाधिकारी हरू रमेश भट्ट , मोहन कार्की, टिकाराम भण्डारी, प्रेम बिक, प्रेम लामा लगायत को उपस्थिति रहेको मन्च का पूर्व सल्लाहकार तथा आयोजक समिति सदस्य मोहन कार्की ले जानकारी दिएका छन् ।

सोही बैठक मा रोजगारी को सिलसिलामा कतारमा रहेर आफ्नो बचेको समय मन्च प्रति समर्पित गर्दै सङ्गठन मा आबद्ध सदस्य सेर बहादुर शाही कतार को बसाई बिट मार्दै मातृभूमि फर्कन लागेपछि बैठक अध्यक्ष रकमध्वज राईले खादा ओडाई ससम्मान बिदाइ गरेका छन् । उनी दुई वर्ष देखि कतार मा श्रम गरिरहेका थिए ।

नेकपा माओवादी केन्द्र सम्बद्ध विदेश स्थित सङ्गठन नेपाली जनप्रगतिशिल मन्च कतारको जुलाई १४ मा सम्पन्न भएको राष्ट्रिय बिस्तारित भेलाले सेप्टेम्बर १५ मा मन्च को पाँचौ महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोही भेलाले सबै प्रकार का पुराना समिति हरू बिगठन गर्दै रकमध्वज राईको संयोजकत्वमा राजु डुम्रे उपसंयोजक रहने गरी ५१ जना को पाँचौ महाधिवेशन आयोजक समिति गठन गरेको थियो ।