जनप्रतिनिधिले तिहार खर्च भन्दै खाए १२ लाख - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

जनप्रतिनिधिले तिहार खर्च भन्दै खाए १२ लाख



काठमाडौं –

गोदावरी नगरपालिकाको नगर कार्यपालिकाले चाडपर्व खर्च भन्दै १२ लाख रुपैयाँ दामासाही रुपमा बाँडेको रहस्य खुलेको छ ।

 

नगरपालिकाका निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षसहितको नगर कार्यपालिकाले निर्णय गराएरै सो रकम बाँडफाँड गरेको खुलेको हो ।

 

स्रोतका अनुसार तिहार पर्वका लागि खर्च स्वरुप भन्दै नगर कार्यपालिकाका २४ जना सदस्यलाई जनही ५० ५० हजार रुपैयाँका दरले १२ लाख रुपैयाँ दामासाहीले बाँडिएको हो ।

 

तिहार आउनुअघि सो निर्णय भएको खबर आजको नेपाल समाचारपत्रमा खबर छ ।