जनार्दन शर्माको माग गृहमन्त्री थापालाई कारबाही गरियोस् - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

जनार्दन शर्माको माग गृहमन्त्री थापालाई कारबाही गरियोस्



काठमाडौं– सत्तारुढ नेकपाका सांसद जनार्दन शर्माले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेलको बर्बरतापूर्ण हत्या गरेको भन्दै सरकारको निन्दा गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा शर्माले पौडेलको हातखुट्टा सिछयाछिया पारेर निर्ममतापूर्वक हत्या भएको सूचना आफूले पाएको बताए । ‘निर्ममतापूर्ण ढंगले हातखुट्टा छियाछिया पारेर हत्या गरिएको भन्ने सुन्नमा आएको छ’, शर्माले भने, ‘यस्ता घटना पञ्चायतकालका बर्बर हत्याकाण् भन्दा फरक छैनन् ।’ उनले घटनामा संलग्न अधिकारीसहित गृहमन्त्री रामबहादुर थापामाथि कारबाहीको माग गरे ।

उनले यस्तो पञ्चायत्री शैलीले आफूहरुले लडेर ल्याएको व्यवस्थामाथि नै प्रश्न उठ्ने उल्लेख गरे । उनले संविधानले निहत्था व्यक्तिको हत्यालाई जद्दन्य अपराध मानेको भन्दै भिडन्तको नाममा मान्छे मार्ने काम नगर्न सरकारलाई चुनौती दिए । शर्माले घटनाबारे गृहमन्त्री थापाले जवाफ दिनुपर्ने बताए । ‘यथार्थ के हो गृहमन्त्रीले जानकारी दिनुपर्छ’, उनले भने, ‘ होइन भने यो सरकार र पञ्चायती सरकारमा के फरक ?’