जनार्दन शर्माले पाए 'क्लीन चीट' : छनबिनमा भेटिएन कुनै प्रमाण - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

जनार्दन शर्माले पाए ‘क्लीन चीट’ : छनबिनमा भेटिएन कुनै प्रमाण



काठमाडौं- निवर्तमान अर्थमन्त्री जनार्दन शर्माबारेको छनबिन सकिएको छ । शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको भन्दै छानविन गर्न गठित संसदीय समितिले फुटेजको अध्ययन सकेको हो ।

सबै कोणबाट अध्ययन गरेपछि अब यश प्रकरणमा शर्मा निर्दोष देखिएका छन् । प्रक्रिया सकिएसँगै शर्मा निर्दोश रहेको प्रतिवेदन तयार पार्न लागिएको छ । कुनै प्रमाण नभेटेपछि समितिले क्लिन चिट दिने समितिको योजना रहेको बताइएको छ ।

गत असार १४ जेठ राति बजेट निर्माण गर्दा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश दिएर करको दर हेरफेर गरेको विषयमा छानविन गर्न गठित संसदीय विषेश छानविन समितिले प्रतिवेदन नबुझाउँदासम्म माओवादी नेता शर्माको सिंहदरबार पुनरागमन रोकिएको छ ।

अर्थमन्त्रालयमा रहेको सीसीटीभी फुटेज डिलिट भएको भन्दै प्रहरीको फरेन्सिक ल्यावमा पठाएर रिकभर गराइएको थियो । तर, रिकभर भएको सीसीटीभीमा अर्को व्यक्ति मन्त्रालय छिरेको प्रमाण नभेटिएको समितिका सदस्यले दाबी गरेका छन् ।

समितिले मंगलबार प्रहरीले दिएको फरेन्सिक ल्यावको रिपोर्ट सहितको फुटेज हेरेको थियो । सुरुमा समितिका सदस्यले मात्र हेरेको रिपोर्ट नबुझेपछि प्रहरीकै फरेन्सिक विज्ञ बोलाएर दिउँसो हेरिएको थियो ।

फरेन्सिक रिपोर्टबाट अर्थमन्त्रीले नयाँ व्यक्तिलाई मन्त्रालय प्रवेश गराएको नदेखिएको समितिका एक सदस्यले बताएका छन् । उनका अनुसार जेठ १४ र १५ गते दुबै दिनको फुटेज हेरिएको तर कुनै प्रमाण नभेटिएको हो ।

ती सदस्यका अनुसार दुई घण्टाभन्दा बढीको फुटेज हेरिएको थियो । त्यसपछि फरेन्सिक विज्ञले ब्रिफिङ गरेका थिए । अर्थमन्त्रालयमा नयाँ गाडी आएको÷ गएको, मन्त्रीको कोठामा नयाँ व्यक्ति प्रवेश गरेको केही पनि नदेखिएको ती सदस्यले जनाएका छन् । यससँगै अब यस प्रकरणमा शर्माको संलग्नता छैन भन्ने निस्कर्षमा समिती पुगेको छ ।

एमालेकै नेताहरू संलग्न भएको समितिले प्रमाण नभेटिएको बताईरहँदा एमालेका सांसदहरुले भने सत्ता पक्षले प्रमाण नष्ट गरेको आरोप लगाएका छन् । समितिका सबै सदस्य राखेर रिकभर भएको सीसीटीभी हेर्दा कोही नदेखिएको जनाइएको छ ।

प्रतिवेदनमा लेखिने विषयबस्तुबारे ११ साउन साढे ११ बजे फेरि बैठक बस्ने समिति सदस्य सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

१४ जेठ राति नौ बजे अर्थमन्त्रालयमा अरु नै व्यक्ति प्रवेश गरी बजेट र करको दायरा हेरफेर गरेको अर्थमन्त्री शर्मामाथि आरोप लागेपछि उनले राजीनामा दिइसकेका छन् ।

२२ असारमा गठित ११ सदस्यीय छानविन समितिले अर्थमन्त्री शर्मा, अर्थमन्त्रालयका सचिव, सहसचिव, विभिन्न विभागका महानिर्देशक लगायतसँग वयान लिएको थियो।

सुरुको १० दिन र थप गरिएको ७ दिनमा पनि समितिले अध्ययन सकेर अब प्रतिवेदन लेख्न लागेको हो ।

समितिले सिंहदरबार प्रवेश गर्ने पश्चिम र दक्षिण गेटको सीसीटीभी फुटेज पनि मगाएको थियो ।

विशेष समितिले अर्थसचिव मधु मरासिनी, राजस्व सचिव कृष्णहरि पुष्कर र राजस्व उपसचिवसँग वयान लिएको थियो ।

३१ असारमा समितिलाई अर्थ मन्त्रालयले सिसिटिभी फुटेज (हार्डडिस्क) उपलब्ध गराइएको थियो । १ साउनमा अर्थकै आइटी विज्ञ उपसचिवलाई बोलाएर सो फुटेज हेरिएको थियो ।