झलनाथ निवासमा किन पुगे जनार्दन शर्मा ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

झलनाथ निवासमा किन पुगे जनार्दन शर्मा ?



काठमाडौं- माओवादी केन्द्रका नेता जनार्दन शर्मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटका लागि खनाल निवास डल्लु पुगेका बेला जनार्दन र खनालबीच महत्वपूर्ण भेट भएको हो ।

झलनाथ खनालले वामपन्थी गठबन्धन हुनुपर्ने बताउँदै आएका छन् भने जनार्दन २०७४ मा यस्तो गठबन्धन बनाउन सक्रिय रहेका माओवादी केन्द्रका नेता हुन् । त्यतिबेला महत्वपूर्ण भूमिका खेलेका जनार्दनको यो सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उत्तरी छिमेकी चीनका उच्च अधिकारीको काठमाडौं भ्रमणको पूर्व सन्ध्यामा यो भेट भएको छ । नेपालमा वामपन्थी गठबन्धन बलियो भएको हेर्न चाहने चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ आइतबार काठमाडौं आउँदैछन् । सो जिम्मेवारीमा आएपछि उनको विदेश भ्रमण नेपालबाट सुरु हुँदैछ ।

उनको भ्रमणले चीनले नेपाललाई उच्च प्राथमिकतामा राखेको देखिन्छ । उनले यसअघि पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै वार्ता गरेका थिए ।