किन दिए जनार्दनले राजिनामा ,को बन्ने लेखाको सभापति ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

किन दिए जनार्दनले राजिनामा ,को बन्ने लेखाको सभापति ?



काठमाडौं २८ साउन–संसदको सार्वजानिक लेखा समितिका सभापति जनार्दन शर्माले राजीनामा दिएका छन् । माओवादीको तर्फबाट मन्त्री बन्ने पक्का भएपछिशुक्रवार बसेको बैठकमा शर्माले राजीनामा गर्ने घोषणा गरेका हुन् । शर्माले राजीनामा दिएपछि माओवादीको भागमा समितिको सभापति को बन्ने भन्ने अन्यौल परेको छ ।

संसदीय व्यवस्थामा विपक्षी दलको सांसद लेखा समितिको सभापति बन्ने प्रचलन छ । तर पछिल्ला वर्षमा संसदीय समितिमा भएको भागवण्डाका कारण सत्तारुढ दलले पनि लेखा समितिको सभापति सम्हालिरहेका थिए । जनार्दनले राजीनामा दिएपछि समितिमा रहेका माओवादीका सांसद टेकबहादुर बस्नेत, डोरप्रसाद उपाध्याय वा रुपा महर्जन समितिको सभापति बन्ने सम्भावना छ ।

अन्य समितिमा रहेका सांसदलाई लेखामा लगरे पनि सभापति बनाउने सम्भावना छ । संसदीय समिति मध्ये लेखा समितिलाई शक्तिशाली समितिको रूपमा लिने गरिन्छ ।