नेपाली जनसम्पर्क समिति मकाउ चौथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश। - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपाली जनसम्पर्क समिति मकाउ चौथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश।



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

नेपाली काँग्रेस पार्टीको विदेश स्थित भातृसंगठन नेपाली जनसम्पर्क समिति मकाउ आजको मितिबाटै पाँचौ वर्षमा प्रवेश गरेको छ।सन २०१३ को जुन १४का दिन नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा मकाउ फिसरम्यान स्थित टेष्ट अफ ईण्डिया रेष्टुरेन्टमा मकाउमा कार्यरत रहनु भएका राष्ट्रियता,लोकतन्त्र र समाजवाद प्रति आस्था राख्नु हुने नेपाली काँग्रेसका क्रियाशील र साधरण सदस्यहरूको उल्लेख्य उपस्थितिमा नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्बिर जोशीको सभापतित्वमा १७ जनाको कार्य समिति चयन गरी प्रथम अधिवेशन सम्पन्न गरिएको थियो।

यसरी स्थापना भएको नेपाली जनसम्पर्क समिति मकाउले चौथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरी रहदा समितिमा खासै उत्साह र उमङ्ग भने देखिएन।अम्बिर जोशी सभापति रहेको प्रथम कार्यकालको जसरी दोस्रो कार्य कालमा काम कार्बाही हुन सकेन यसरी हुन नसक्नुमा तपाईँ हामी नै दोषी छौ साथै नेपाली जनसम्पर्क समिति मकाउलाई नेतृत्व गर्नेमा पनि भर पर्ने कुरा हो।संस्थालाई कसरी अगाडी बढाउने भन्ने बारे गहन जिम्मेवारी लिनेहरूले पनि आत्म आलोचना गर्न जरुरी छ।

विश्व भरी छरिएर रहेको जनसम्पर्क समितिहरू मध्यबाट टप टेन भित्र पर्न सफल रहेको नेपाली जनसम्पर्क समिति मकाउको दोस्रो कार्यकाल लगतै सेलाएर गयो।प्रथम कार्यकालमा ६३४ जना क्रियाशील सदस्यता बनाउन सफल रहेको समितिले हाल सदस्यता सङ्ख्या बढाउन सकेको छैन।प्रथम कार्यकालमा ठुला ठुला कार्यक्रमहरू पनि भव्य र सभ्य रूपमा सम्पन्न गराउनुका साथै मकाउमा रहेका अन्य सङ्घ संस्थाहरूसंग पनि त्यति नै नजिक रहेर कार्य गर्दै अगाडी बढेको थियो।प्रथम कार्यकालमा काँग्रेसका हस्तिहरू रामचन्द्र पौडेल,प्रकाशमान सिंह, डा.रामशरण महत,अर्जुन जोशी,प्रदिप पौडेल,युवा नेता दिनेश राई,शङ्कर भण्डारी,राजन केसी लगाएतका नेताहरूको उपस्थितिमा भव्य कार्यक्रमहरू सम्पन्न भएको थियो।

आशा गरौँ आउँदा दिनहरूमा नेपाली जनसम्पर्क समिति मकाउ पहिलेको अवस्थामा झैँ शिखर चुम्न सफल रहुँन।संस्थालाई अगाडी बढाउनका निमित्त सबैको साथ चाहिने छ।एक आपसमा व्यक्तिगत मनमुटाब भए पनि संस्था चलाउनका निमित्त एकजुट हुन जरुरी देख्दछु।नेतृत्वमा रहेकालाई सहयोग,सल्लाह र सुझाव दिनु कार्य समितिको दायित्व हुन आउँछ।अन्त्यमा नेपाली जनसम्पर्क समिति मकाउले चौंथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेकोमा नेपाली जनसम्पर्क समिति मकाउका पूर्व कार्य समितिका पदाधिकारीहरू,वर्तमान कार्य समितिका पदाधिकारीहरू र मकाउमा रहनु भएका राष्ट्रियता,लोकतन्त्र र समाजवाद प्रति आस्था राख्नु हुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
जय नेपाल।