जनसम्पर्क अष्ट्रेलियाद्धार मैत्रिपूर्ण फूटवलसम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जनसम्पर्क अष्ट्रेलियाद्धार मैत्रिपूर्ण फूटवलसम्पन्न



अष्ट्रेलिया ।

बडा दशैंको अवसर पारेर नेपाली कांग्रेसका केन्द्रिय सदस्य श्याम कुमार घिमिरे र केन्द्रिय नेता नवराज गुरुङले सिड्नी अवस्थित फिलिप पार्क लिडकमको खेल मैदानमा सयूक्तरुपमा बललाई हान्दै मैत्रिपूर्ण खेलको उद्घाटन गरे ।

नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया (एनपिसीसीए) ले बिजया दशमी, तिहार र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदन प्रदान गर्न सो मैत्रिपूण खेल तथा बार्बिक्यू कार्यक्रमको आयोजना गरेको हो ।14525070_10209465914858470_6328156132548835499_o

८ अगष्ट शनिवार बिहान १० बजे बाट शुरु भएको सो फूटवलमा दूई समुह गरी ३० जना खेलाडीहरुले सहभागिता जनाएका थिए । निलो जर्सीमा उत्रिएका खेलाडीहरु अधिकांस नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया कार्यसमितिका थिए भने सो समुहको नेतृत्व समितिका अध्यक्ष कृष्ण गिरी, नन्द गुरुङ, मधुकर गुरुङ लगायत ले गरेका थिए ।

सेतो जर्सीमा उत्रिएका खेलाडीहरु भने बर्तमान र पूर्व एनएडिएफ कार्यसमिति लगायत बिभिन्न संघसंस्थाका सदस्यहरु रहेका थिए । सो समुहको प्रतिनिधित्व एनएडिएफका अध्यक्ष वीवेक थापा, पूर्व अध्यक्ष बालचन्द्र भट्राई, सल्लाहकार हेमन्त काफ्ले लगायतले गरेका थिए । ओभर साईज र बर्षै पछि खेल मैदानमा उत्रिएका खेलाडीहरु बिचको खेल अत्यान्तै रोचक र हेर्न लायकको थियो ।14543651_10209465922818669_2712617529873022987_o

खेलको पहिलो हाफ मा जनसम्पर्कका अध्यक्ष कृष्ण गिरी र उपाध्यक्ष मधुकर गुरुङले एक एक गोल गर्दै खेललाई आफ्नो पक्षमा राखेका थिए । दोश्रो हाफमा पनि अध्यक्ष गिरी र फूटवल खेल आयोजना समितिका संयोजक नन्द गुरुङले एक एक गोल गरी सुन्नका बिरुद्ध ४ गोल गर्दै आयोजक जनसम्पर्क समितिलाई बिजयी गराएका थिए । खेलको उत्कृष्ठ बचाउ गरे बापत जनसम्पर्कका गोलकिपर दीनेशराज जोशी म्यान अफ दी म्याच भएका थिए । ६० मिनेटको सो खेलको रेफ्रि ईश्वर पहारीले गरेका थिए । प्रतियोगिता सकिएपछि सोहि स्थानमा बार्विक्यू तथा प्रमाण पत्र बितर समेत गरीएको थियो । संस्थाका अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न औपचारीक कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय नेता द्धोय घिमिरे र गुरङ बिशिष्ट अतिथिका रुपमा उपस्थित थिए ।14560045_10209465923458685_2069340049956993313_o

त्यसै गरी एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, उपाध्यक्ष दीनेश पोखरेल, पूर्व अध्यक्षहरु मन केसी, गणेश केसी, ओएनएफ अध्यक्ष रमेश पाण्डे, चितवन समाज अध्यक्ष बुद्धि डल्लाकोटि, जनसम्पर्कका संरक्षक प्रेम सापकोटा, एक्का का अध्यक्ष निरज श्रेष्ठ लगायत बिभिन्न संघसंस्थाका अध्यक्षहरुको उपस्थित रहेको थियो । कार्यक्रममा बिशिष्ठ अतिथि द्धोय घिमिरे र गुरुङले प्रवासमा पनि नेपालीहरु ले आपसमा सद्भाव कायम राख्दै नेपालि चाडपर्वमा यस्ता खालका कार्यक्रम गर्दै मनाउनु आफैमा उदाहरण भएको बताएका थिए । कार्यक्रममा उपस्थित एकअर्का बिच दशैंको शुभकामना आदन प्रदान गरिएको थियो भने समितिले नोभेम्बर २७ मा अन्तर्रक्रिया कार्यक्रम आयोजना गरीने जानकारी गराएको थियो ।

आयोजक संस्थाका उपाध्यक्ष मधुकर गुरुङले स्वागत मन्तब्य राखेका थिए भने महामन्त्रि किरण बराल र सहमहामन्त्रि सुदिप मुडवरीले कार्यक्रम संचालन गरेको थियो । कार्यक्रमको व्यवस्थापन भने कोषाध्यक्ष राजमी बस्नेत, सदस्यहरु रोहित खड्का, सुमन बोहोरा, तिर्थ तिमिल्सीना, राजेश केसी लगायत नन्द गुरुङ र राजु अधिकारी ले गरेका थिए ।