जनता बैंकले कति दिँदैछ लाभांश ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जनता बैंकले कति दिँदैछ लाभांश ?



काठमाडौं- जनता बैंकको आइतबार बसेको संचालक समिति बैठकले १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकले सेयरधनीलाई दिने भनेको लाभांशमा ६ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब ३१ करोड ८ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले ९६ करोड ९४ हजार रुपैयाँ लाभांश वितरण गर्न लागेको हो ।

बैंक संचालक समितिले प्रश्ताव गरेको लाभांश भने नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको साधारणसभाले पारित गरेपछि कार्यान्वयन हुनेछ । लाभांश लिदा सेयरधनीले तिर्नुपर्ने कर भने बैंकले प्रदान गर्ने नगद लाभांशबाट कट्टि गरिने बैंकले जानकारी दियो ।