‘जनयुद्ध दिवस’मा बिदा- कनकमणि र रविन्द्र लगायतको टाउको दुखाई - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

‘जनयुद्ध दिवस’मा बिदा- कनकमणि र रविन्द्र लगायतको टाउको दुखाई



काठमाडौं-  सरकारले जनयुद्ध दिवसको अवसरमा सोमवार सार्वजनिक बिदा दिएपछि सामाजिक संजालमा एकथरीले रोइलो सुरू गरेका छन् । बिभिन्न टिका टिप्पणी गर्दै केहि नेताहरूले जनयुद्ध दिवस मनाउँदा टाउको दुखाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकसाता अघि सरकारी बिदामा कटौती गर्ने घोषणा सार्बजनिक गरेको एक हप्ता नबित्दै आजको मन्त्रिपरिषदले ‘जनयुद्ध दिवस’को अवसरमा बिदा दिएपछि एमालेका नेता योगेश भट्टराई, राप्रपा नेपालका नेता कमल थापा, राप्रपाका नेता रविन्द्र मिश्र लगायत यसको विरोधमा उत्रेका छन् ।

केहि मानबअधिकारीकर्मी देखी बिभिन्न राजनीतिक दलका नेतालाई १ फागुनलाई ‘जनयुद्ध दिबस’ मनाउने सरकारी निर्णय टाउको दुखाई बनेको छ । 

नेकपा एमालेका उपमहासचिव योगेश भटराईले सरकारको सो निर्णयले बैचारिक ध्रुबीकरणमा फसाएको गरेको टिप्पणी गरेका छन । ‘२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा बिद्रोहको समस्टी र उच्चतम सफलता तथा गौरब स्वरुप गणतन्त्र र संबिधान दिवस मानिंदै आएको छ, अरु सबै यसकै अधिनस्थ हुनु,’ भटराईले प्रश्न गरेका छन, ‘फेरी अलग अलग बिदा किन ? मुलुकलाई अनावश्यक बैचारिक धुर्बिकरणमा नफसाऔ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आईतवार गरेको सो निर्णय प्रति आपत्ति जनाएका छन । ‘२०४७ सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह शुरु गरेको दिनको सम्झनामा फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय आपत्तिजनक छ,’ थापाले भनेका छन, ‘हजारौ निर्दोषको ज्यान लिने माओवादी आतंक र हिंसा राष्ट्रिय पर्व हुन सक्दैन ।’ प्रचण्ड सरकारमा सहभागी भएको राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सो निर्णयमा असहमति नजनाएकोमा उनले रोषसमेत प्रकट गरेका छन् । ‘राजा र हिन्दुराष्ट्र पक्षधर पार्टी कुन मुखले सरकारमा बसिरहेको छ ?’ सरकारमा सहभागी भएको उपप्रधान तथा उर्जा मन्त्री लिङदेनको नेतृत्व क्षमतामा पनि प्रश्न गरेका छन ।

राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले भने जनयुद्ध दिबस मनाउने सरकारको निर्णयमा ब्यंग्य हानेका छन । उनले सो दिवसको बिरोध गलत भाष्य निमार्ण गर्न थालिएको समेत बताएका छन् । ‘निभ्न लागेको बत्ती यसैगरी चम्किन खोज्छ, नेपालीले नेपाली मारेकोमा ‘दिवस मनाउने ? ४६ र ६२÷६३ को लाई जनआन्दोलन भन्न मिल्छ, जतिबेला लाखौं सडकमा निस्किए तर  ४, ५ हजारले लुकेर मान्छे मार्दा त्यसलाई जनयुद्ध भन्ने ? यो समाजमा यस्ता गलत भाष्यहरू धेरै निर्माण भएका छन्।’

मानबअधिकारकर्मी तथा सामाजिक अभियन्ता कनकमणी दिक्षितले सरकारको सो निर्णय प्रति आपत्ति जनाएका छन्  । उनले भनेका छन, ‘उग्रप्रगतिशीलहरुलाई ‘च्यालेन्ज’,  दाहाल सरकारको ‘जनयुद्ध दिवस’ घोषणा स्वागत गर्नु या भर्त्सना गर्नु तर मौन नबस्नु। लौ हेरौँ ।’ उनका अनुसार द्वन्द्व पीडित समुदाय तथा नागरिक समाजले आज ११ बजे सिंहदरवार जिल्ला प्रशासन कार्यालय मोडमा बिरोध प्रर्दशन पनि गर्ने जानकारी दिएका छन् । 

मानबअधिकारकर्मी सुशिल प्याकुरेलले सो निर्णयको चर्को बिरोध गरेका छन त्यस्तै बिबेकशिलका नवनिर्वाचित उपाध्यक्ष मिलन पाण्डेले पनि सो बिदाको बिरोध गरेका छन, उनको टिप्पणी छ, ‘असान्दर्भिक बिदाहरू पनि सत्ताको आडमा हुने गरेको ‘नेपाल बन्द’ हो।

मानवअधिकारको क्षेत्रमा कार्यरत शान्ति समाज, नेपालले पनि ‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णय प्रति आपत्ति जनाएको छ ।