हजारौंको संख्यामा मुम्बईमा २२ अौं जनयुद्द दिवस सम्पन्न - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

हजारौंको संख्यामा मुम्बईमा २२ अौं जनयुद्द दिवस सम्पन्न



हिमाल पोष्ट/मुम्बई फाल्गुन ९ 

नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन अखिल भारत नेपाली एकता मंच पश्चिम भारत क्षेत्रीय समितिको अायोजनामा महान जनयुद्धको २२ अौं वार्षिक उत्सवको अवसरमा ” जनसभा तथा विशेष समारोह ” मुम्बईमा सम्पन्न भएको छ ।

२२ अौं जनयुद्द दिवसको अवसरमा २२ वटा दिप प्रज्वलन गर्दै प्रमुख अतिथिबाट केक काटिएको थियो र उपस्थित जनसमुदायलाई चकलेट बाँडेर हर्ष तथा उल्लास पुर्ण वातावरणमा उत्सव मनाईएको थियो । कार्यक्रममा जनयुद्द पुर्व संगठनमा संगठित हुनु भएका मंचका केन्द्रीय सचिवालय सदस्य अोम बहादुर विश्वकर्मा , चंद्रमणी शर्मा , दल बहादुर गुरुङ केन्द्रीय सदस्य प्रेम बहादुर विश्वकर्मा , उजेली विश्वकर्मा , क्षेत्रीय सल्लाहकार सुरज श्रेष्ठ र श्रीमायां विश्वकर्मा लाई सम्मान गरिएको थियो र केन्द्रीय सदस्य मान सिंह भुषालको देश भित्र जाने भएका कारण सम्मान सहित विदाई गरिएको थियो ।

कार्यक्रमलाई प्रमुख अतिथि मंचका केन्द्रीय समिति अध्यक्ष ईश्वरी भण्डारीले संबोधन गर्दै महान जनयुद्दका उपलब्धिहरु रक्षा र संस्थागत गर्न संपुर्ण प्रवासी नेपालीहरु एकजुट हुनु पर्ने बताउनु भयो र कार्यक्रमा महांसचिव चक्र बहादुर मलाती , सचिव सुरेन्द्र देवकर जनसंपर्क समिति भारतबाट एम. वि. बोहरा , नेपाली समाज कल्याण संघबाट नवराज अाउजी , नेपाल न्युज दैनिकबाट भुमिलाल पौडेल, शिवसेना नेपालबाट लाल सिंह देवकर , हरिअोम नेपाली एकता समाजबाट नैन सिंह दास , सुदुर पश्चिम समाजबाट पोष्ट बहादुर खड्काले शुभ कामना मन्तव्य राख्दै महान जनयुद्दका कारण नै नेपालमा परिवर्तन सम्भव भएको जिकिर गर्नु भएको थियो ।

कार्यक्रमका अन्य अतिथिहरुमा एकता मंच केन्द्रीय उपाध्यक्ष रत्ना मलाती, सचिव मोहन देवकर सह – कोषाध्यक्ष शिव प्रसाद महत सचिवालय सदस्यहरु भिम खड्का , अोम विक , ललित विक , चंद्रमणी शर्मा , दल बहादुर गुरुङ , टेक बहादुर ताम्राकार , कृष्ण रावत , लक्ष्मी भण्डारी , केन्द्रीय सदस्यहरु रतन देवकर , सागर परियार , मान सिंह भुषाल , दिल बहादुर श्रेष्ठ , प्रेम विक, उजेली विक , मदन मलाती , सनेशनाथ योगी , रतन कुमार विक , मान बहादुर खड्का , रतन कुंवर , नायक प्रकाश विसी , समाजसेवी ईन्द्र बहादुर सिंह विश्वकर्मा लगायतको उपस्थित रहेको थियो । जनअाक्रोश सांस्कृतिक परिवार ,एस् वि अार ग्रुप , नायक प्रकाश विसीले  सांस्कृतिक प्रस्तुति दिएर कार्यक्रमलाइ रोचक बनाएका थिए ।

क्षेत्रीय समिति अध्यक्ष घनस्याम स्वारको अध्यक्षता सचिव शंकर परियारको संचालन उपाध्यक्ष रिषिराम शर्माको स्वागत मंतव्य रहेको कार्यक्रमको अौपचारिक शुरुवात महान शहिदहरु प्रति १ मिनेट मौन धारणबाट गरिएको थियो ।