जन्म दिने आमा गुमाउनुको पिडा “टुहुरी” सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

जन्म दिने आमा गुमाउनुको पिडा “टुहुरी” सार्वजनिक (भिडियो सहित)



समीर प्रकाश पाण्डे/बैशाख ७  

नेपाली गीत सङ्गीतको क्षेत्रमा पछिल्लो समय एउटा अति नै मिठो मार्मिक “ टुहुरी ” गीत डिजिटल बजारमा हिजोबाट आयको छ जुन गीतले आमा गुमाउनुको पिडा वास्तविक यतार्थ परक घटना समावेश गरी बजार मा सार्वजनिक भएको हो ।

हुन त यस अघि पनि आमा छोरा को गीत नआएको भने हैनन तर यस्ता धेरै गीतहरू मध्ये पनि यो गीतमा निकै मार्मिक शब्द , स्वर अभिनयमा जन्म दिने आमा गुमाउदाको पिडा समावेश गरिएको छ ।

बहुचर्चित लोकदोहोरी गायक बिमल डाँगीको सुमधुर आवाजमा रहेको गीतमा लय शब्द सर्जक सन्तोष बानियाँको रहेको छ । पछिल्लो समय निकै आशा गरिएको र दर्शक श्रोताले प्रतीक्षा गरिएको गीतको भिडियोमा नायिका रश्मि भट्ट र बुद्धिबिर थापाको उत्कृष्ट अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन् भने बासु बरालको छायाङ्कन र सम्पादन मिलन बिकको रहेको छ ।

SNB म्युजिक एक्सप्रेसको प्रस्तुतिमा बजारमा आएको छ ।

https://youtu.be/KiPxpmezE9Y