जन्मदिनको अवसरमा पत्रकार शाहीद्बारा असहायलाई न्यानो कपडा वितरण - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

जन्मदिनको अवसरमा पत्रकार शाहीद्बारा असहायलाई न्यानो कपडा वितरण



कैलाली । बर्दगोरिया गाउँपालिका- २ बौनियामा रहेको कोसेली एफएम का स्टेशन म्यानेजर तथा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सभासद लिलाजङ्ग शाहीले असाहयलाई सहयोग गरि आफ्नो जन्मदिन मनाएका छन् ।

जन्मदिनको अवसरमा मंगलबार कैलालीको बर्दगोरीया गाउपालिकामा रहेको असाहयका लागि सहयोगी हात नेपालद्धारा संचालित साहारा घरमा बसोबास गर्दै आएका बेसहाराहरुलाइ न्यानो कपडा वितरण गरेका हुन् । उनले सहारा घरमा बसोबास गर्ने ६० जना बेसहाराहरुलाइ न्यानो ज्याकेट वितरण गरेका छन् ।

बुवा वीर बहादुर शाही र आमा रङ्गा देवि शाहीका जेष्ठ सुपुत्र लिला जङ्ग शाही दैलेखको आठबीस नगरपालिका- १ सिमगाउमा जन्मिएका हुन् । पत्रकार शाहिले असहायहरुलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको बताउदै आगामी दिनहरुमा बिपन्न बर्गका समुदायलाइ स्टेसनरी वितरण गर्ने प्रतिबद्धता जनाए ।

आफ्नो जन्मदिनको अवसरमा साहारा घरमा सहयोग गरिएको भन्दै सहारा घरका सञ्चालक बल बहादुर बिष्टले पत्रकार शाहीलाई धन्याबाद ज्ञापन गरेका छन् । बिष्टले सहारा घरमा बसोबास गर्दै आएका असाहयहरुलाई स्वास्थ चेकजाँचमा निकै नै समस्या रहेको बताएका छन् । स्थानीय तहका प्रतिनिधिहरुले अशक्त तथा असहायहरुलाई सहारा घरमा पठाइ सहयोग गर्ने आश्वासन दिएपनी खाशै सहयोग नगरेको बताए । उनले चिसोबाट बच्नको लागि ओढ्ने र ओछ्याउनेको व्यवस्था नहुदा बसोबास गर्ने मानसिक रोगिहरुलाई निकै समस्या आएको दुखेसो पोखे ।

साहारा घरमा हाल ६५ जना मानसिक रोगिहरु बसोबास गरिरहेका छन भने ७२ जना मानसिक रोगीहरुलाई बिना औषधि निको पारेर परिवार मिलन गराइ घर फर्काएको छ ।