जन्मदिनको अवसरमा पत्रकार भट्टले गरे सेभ हाउसमा सहयोग - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

जन्मदिनको अवसरमा पत्रकार भट्टले गरे सेभ हाउसमा सहयोग



कैलाली – कैलालीको अत्तरियामा रहेको गोदावरी एफ एमका समाचार प्रमुख हेमराज भट्टले आफ्नो जन्म दिन सेभ हाउसमा मनाएका छन् । हरेक बर्ष आफ्नो जन्मदिन सामाजिक क्षेत्रमा लगाउदै आएका पत्रकार भट्टले यस बर्ष पनि गोदावरी नगरपालिका- २ अत्तरियामा रहेको अनाथ एबम् असहाय महिला तथा बालबालिकाको संरक्षण गर्दै आएको महिला तथा बालबालिका सेभ हाउस हाउसमा बुधबार मनाएका हुन् ।

उनले सुदूरपश्चिमका बिभिन्न जिल्लावाट आएर सेभ हाउसमा बस्दै आएका १२ जना बालबालिकाहरुलाई एक /एक जोर लुगा र किरोशीहरुलाई सेनेटरि प्याड सहयोग गरेका छन् ।

पछिल्लो समयमा सेभ हाउसलाई बिभिन्न ठाउँवाट खाद्यान्न सहयोग आएपनि अन्य सहयोग नभएको अबस्थामा त्यहाँ रहेका किशोरी र बालबालिकाहरुको समस्यालाई बुझेर सेनेटरि प्याड र एक/ एक जोर नयाँ लुगा सहयोग गरेको पत्रकार भट्टले बताए ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सेभ हाउसकी अध्यक्ष जानकी मलासीले सेभ हाउसमा रहेकी किशोरीहरुको समस्यालाई बुझेर पहिलो पटक सरसफाईका सामग्रीहरु सहयोग गरेको भन्दै पत्रकार भट्टलाई धन्यवाद दिएकि छिन् ।