जापान फुल्ने साकुरा त नेपाल फुल्ने पैयु बोलको गीत बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जापान फुल्ने साकुरा त नेपाल फुल्ने पैयु बोलको गीत बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे/चैत्र ३० 

नेपाली साङ्गीतिक क्षेत्रमा चर्चा कमाएका गायक तथा सङ्गीतकार वसन्त थापाको अहिलेसम्मकै उत्कृष्ट पंक्तिमा फरक धारको गीत “जापान फुल्ने साकुरा त नेपाल फुल्ने पैयु ”लोक दोहोरी गीत बजारमा आएको छ ।

एस. के म्युजिक प्रा.लीको प्रस्तुतिमा रहेको गीतमा जापान मा फुल्ने साकुरा फुल र नेपाल मा फुल्ने पैयु फुल हेर्दा एउटै देखिने र एउटै समयमा फुल्ने हुँदा यसै लाई समेटेर गीत तयार भएको छ वसन्त थापाको स्वर / शब्द / सङ्गीत रहेको गीतमा गायिका शिलु भट्टराईले स्वरमा साथ दिएकी छन् ।

क्रान्ति केसी को निर्देशन र सम्पादन रहेको सो म्युजिक भिडियोलाई विष्णु कल्पितले खिचेका छन् भिडियोमा पछिल्लो समय चर्चामा रहेका मोडल महेन्द्र गौतम, अोबी ,पुजन र उषाको रोमान्स देख्न सकिन्छ ।

https://youtu.be/BZQ_7CF7ivE