जापानमा एक नेपालीको मृत्यु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

जापानमा एक नेपालीको मृत्यु



काठमाडौं- गलकोट नगरपालिका–७ मल्मका ४१ वर्षीय गङ्गा थापाको जापानमा निधन भएको छ । उनको उपचारका क्रममा सोमबार निधन भएको जनाइएको छ ।

कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा निधन भएको जनाइएको छ ।

१४ वर्ष अघि जापान पुगेका गङ्गा थापा दुई साताअघि रेष्टुराँमा काम गरिरहेका बेला एक्कासी बेहोस भएका थिए ।

बेहोस भएर अस्पताल भर्ना भएका थापाको अन्तिम संस्कार बुधबार जापानमै गरिने भएको छ ।