जापानका पूर्व प्रधानमन्‍त्रीको निधन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

जापानका पूर्व प्रधानमन्‍त्रीको निधन



एजेन्सी । जापानका पूर्व प्रधानमन्त्री यासुहिरो नाकासोनेको निधन भएको छ । १०१ वर्षीया नाकासोनेको शुक्रबार निधन भएको हो ।

जापानका निकै लोकप्रिय नेताको छवि बनाउनु भएका नाकासोनेले आफ्नो कार्यकालमा संयुक्तराज्य अमेरिकासँग बलियो सैनिक गठबन्धन निर्माण गरेका थिए ।

सन् १९८२ देखि १९८७ सम्म पाँच वर्ष जापानको प्रधानमन्त्री रहनु भएका नाकासोनेले रुस र अमेरिकाबीचको शीतयुद्धकालीन समयमा जापानलाई पश्चिमा राष्ट्रसँगको गठबन्धनमा उभ्याएका थिए । दोस्रो विश्वयुद्धपछि जापानलाई आर्थिक तथा सामरिक रुपमा बलियो राष्ट्र बनाउन नाकासोनेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

जापानको माथिल्लो सदनका सदस्य समेत रहनुभएका नाकासोनेका छोरा हिरोफुमी नाकासोनेको कार्यालयले आफ्ना बुबाको निधन भएको जानकारी दिए ।

पूर्व प्रधानमन्त्री नाकासोनेले दोस्रो विश्वयुद्धकालीन सम्झौताहरुमा फेरबदल गरी सैनिक प्रविधि अमेरिकालाई निर्यात गर्नुका साथै जापानको वार्षिक रक्षा बजेटको सीमालाई हटाएका थिए ।