तिज लाई लक्षित गर्दै "जापानी रेल” नेपाली बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

तिज लाई लक्षित गर्दै “जापानी रेल” नेपाली बजारमा (भिडियो सहित)



समिर प्रकाश पाण्डे

नेपाली हिन्दुनारिहरुको महान पर्व हरितालिका तीजका   लागि लक्षित गर्दै नव सर्जक दिनेश सापकोटाले पनि आफ्नो पहिलो प्रस्तुति “जापानी रेल ” नामक तीज  हालै मात्रै सार्बजनिक गरेका छ्न । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै अस्तित्व बनाउन सफल सर्जक तथा गायक प्रेम सापकोटा सोनु र देबि घर्ती ले आवाज भरेको यस गीतमा दिनेश सापकोटाले शव्द सिर्जना गरेका हुन भने प्रेम सापकोटाले लय भरेका छ्न ।

गुरुआमा फिल्मस को ब्यानर मा जापानी रेल को म्युजिक भिडियो स्मृति तिमिल्सिना गुरुआमा को निर्देशन ,सुजन शाही को सम्पादन र सुरेश श्रेष्ठ को छायांकनमा तयार गरियको हो । हमाल म्युजिक प्रा. लि. ले बजार ब्यबस्थापन गरेको जापानी रेल को म्युजिक भिडियो जापानका केही ठाउँ र नेपाल मा खिचियको छ भने बिकसित देश जापानमा आफ्नो मायालु संग घुम्ने रमाउने कुरा गीत र म्युजिक भिडियो मा देखाउन खोजियको छ । गीतमा स्मृति तिमिल्सिना र सन्जिब ठकुरीको दमदार अभिनय देख्न पाइछ ।