जसले निर्वाचन हारेर पनि, जनताको मन जिते - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

जसले निर्वाचन हारेर पनि, जनताको मन जिते



कमल बिष्ट /अर्घाखाँची ,१९ असार

यी हुन निर्वाचनमा पराजित भएर पनि जनताको मन जित्न सफल भएका उमेदवार कृष्णप्रसाद श्रेष्ठ र कबिराम खनाल ।

जस्ले आफुलाइ पराजित गर्ने उमेदवारलाई हासी हासी टीका लगाइदिएर शुभकामना दिए ।

कृष्णप्रसाद श्रेष्ठ सन्धिखर्क नगरपालिकामा नेकपा एमाले र कबिराम खनल भूमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाको तर्फबाट मेयरका उमेदवार थिए ।

पछिल्लो समय राजनितिमा हार स्विकार्न नसकी अलोकतान्त्रिक गतिबिधी भैरहेको बेला यी दुई पराजित भएका उमेदवारले देखाएको राजनितिक चरित्र र अनुशासनको चौतर्फी प्रसन्सा बटुलेको छ ।