जनता समाजवादी पार्टीमा पुनः चुलियो विवाद - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

जनता समाजवादी पार्टीमा पुनः चुलियो विवाद



काठमाडौं- जनता समाजवादी पार्टीमा निर्वाचन आयोगमा कसको अध्यक्षतामा पार्टी दर्ता गर्ने भन्ने विवादको टुंगो अझै लागेको छैन ।

पार्टीमा मयर्दाक्रमको विवाद पनि मिल्न सकेको छैन । वैशाख १० गते मध्यरातमा तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच पार्टी एकीकरण भई जनता समाजवादी पार्टी गठन गर्ने सहमति भएको थियो ।

त्यसको भोलिपल्टै नवगठित पार्टीका नेताहरू निर्वाचन आयोग र संसद् सचिवालय गई पार्टी एकीकरण भएको जानकारी गराएका थिए । कानुनअनुसार आयोगमा निबेदन दिएको ४५ दिनभित्र आयोगले मागेका सबै कागजातहरू बुझाउनु पर्ने छ ।

नागरिक दैनिकका अनुसार यसकोलागि एकीकृत पार्टीको विधान,घोषणा पत्र,संगठनात्मक संरचना र कसको अध्यक्षतामा पार्टी दर्ता गर्ने,नेतृत्व गर्ने व्यक्तिको नाम लगायतका कागजाताहरू आयोगमा बुझाउनु पर्छ ।

स्रोत भन्छ, पार्टीको नेतृत्वका लागि विभिन्न चरणमा बिकल्पमा छलफल भइरहेको छ तर कुनै पनि बिकल्पमा सहमति जुट्न सकेको छैन ।