विभाजनको नजिक पुग्यो जनता समाजवादी पार्टी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विभाजनको नजिक पुग्यो जनता समाजवादी पार्टी



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)मा सत्ताकै कारण पार्टी नै फुट्ने सम्भावना बढ्दै गएको छ । एक समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सहयोग गर्ने लाइनमा लागेपछि नेतृत्व तहमा तिब्र असन्तुष्टि बढ्दै गएको छ । जसपामा देखिएको असहज परिस्थितिलाई नियान्लेहरूले पार्टी विभाजन हुँने दाबी गर्छन ।

जसपाका एक अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइ अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो समूहप्रति असन्तुष्ट छन् । महन्थ ठाकुरले प्रधानमन्त्री ओलीसंग पार्टी र नेतालाई जानकारी बिनै सट्टा सहकार्यको गृहकार्य गरेको भन्दै पार्टी बैठकमै चर्काचर्की भएको थियो ।

यता आफ्नै दलका नेताहरूले बालुवाटारमा सरकारमा प्रधानमन्त्री ओलीलाई सघाउने भन्दै वार्ता गरेकै बेला डा. भट्टराईले भने आफ्नो पार्टी नयाँ सत्ता समीकरणको दौडमा नरहेको बताएका छन्।

बिहीबार राति ट्वीट गर्दै भट्टराईले देश गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरुको भूमिका अपेक्षित स्तरको नभएको बताएका हुन् ।

‘अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुनः उही म्युजिकल चेयरको खेलमा लाग्नु सट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त’ भट्टराईले लेखेका छन्, ‘जसपा त्यो मुसा दौडमा छैन है।’ उनले लेखेका छन् ।

आफ्नै पार्टीका अन्य शीर्ष नेता सत्ता गठबन्धनका लागि दौडधूप गरिरहेका बेला भट्टराईले यस्तो असन्तुष्टि पोखेका हुन् ।

सत्ता साँझेदारीकै लागि आज शुक्रबार पनि बालुवाटारमा जसपा र एमाले अध्यक्ष ओलीबीच छलफल हुँदैछ । बिहिबार भएको छलफल सकारात्मक भएको सरकारी पक्षले दाबी गरेको छ । आजका लागि निर्णायक छलफल गर्न दुवै समूह तयारीमा छन् ।

यता यादव र भट्टराई समूह भने केपी ओलीसँग कुनै हालतमा सहकार्य हुन नसक्ने बताएका छन् । यस्तो अवस्थामा ठाकुर र महतो ओलीसँग सहकार्य गर्ने निर्णय गरेको बखण्डमा पार्टी विभाजन हुने पक्का जस्तै देखिएको छ ।