जसपाका नेताहरू भकाभक एमालेमा प्रवेश गर्दै - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

जसपाका नेताहरू भकाभक एमालेमा प्रवेश गर्दै



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । पार्टी भित्रको आन्तरिक विवादका कारण फुटको संघारमा रहेको जसपाका नेताहरु पछिल्लो समय पार्टी परित्याग गर्दै अन्य पार्टीमा प्रवेश गर्न थालेका छन् ।

शुक्रबार जसपाका संघीय परिषद्का दुईजना सदस्य र मधेस प्रदेशका सदस्य दुईजना सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् । एक नेताका अनुसार एमाले प्रवेश गर्ने भोला मिश्र र अमरेन्द्र कुमार झालाई पार्टी महासचिव शङ्कर पोखरेल र उपमहासचिव विष्णु रिमालले स्वागत गरेका थिए ।

त्यस्तै, मधेस प्रदेशका सदस्य ममता मिश्र पाठक र विमला भट्टराईलाई पनि पोखरेल र रिमालले स्वागत गरेका हुन् । त्यस्तै, शनिबार पर्साको वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी जसपाका दुईजना केन्द्रीय, एकजना प्रदेश सदस्यसहित ६९ जनाले पार्टी परित्याग गर्ने घोषणा गरेका छन् ।

पार्टीमा स्वच्छाचारिता बढेको, एकलौटी ढंगबाट संचालन भएको, नीति, नियम र नेतृत्व प्रष्ट नभएको र पार्टीको संगठनात्मक संरचना अनुसार चल्नुपर्नेमा व्यक्ति, ठेकेदार र भ्रष्टाचारी हावी भएको आरोप लगाउँदै नेताहरु पार्टी परित्यागको घोषणा गरेका छन् ।