जसपाका ६९ जना नेताले दिए सामूहिक राजीनामा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

जसपाका ६९ जना नेताले दिए सामूहिक राजीनामा



काठमाडौँ- जसपाका ६९ नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । उनीहरूले एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि पार्टीको विविध पद र दायित्वमा रही क्रियाशिल, सभ्य, इमान्दारीताका साथ पदीय जिम्मेवारी निष्ठापूर्वक पुरा गरेको र आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्न नसक्ने जनाएका हुन् ।

देश र समग्र जनताको परिवर्तनका साथै आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, थारु, पिछडा, सिमान्तकृत वर्गका समानुपातिक समावेशी अधिकार सुनिश्चितता गर्ने जसपा पार्टीको जन्म भएको तर अहिले पार्टी नेतृत्वमा स्वेच्छाचारिता, र एकलौटी ढंगबाट पार्टी संचालन गर्ने, नीति, नियम र नेतृत्व प्रष्ट नभएको, पार्टी संगठनात्मक संरचनामा नभई व्यक्ति, ठेकेदार र भ्रष्टाचारी हावी भएको उनीहरूको आरोप छ । यस्तै पार्टी देश र जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र द्रव्यदारहरूको चंगुलमा डुब्दै गएको उनीहरुको आरोप छ ।

यही कारण आजकै मितिदेखि लागु हुने गरी पार्टीले दिएको जिम्मेवारी त्याग गरी जसपा पार्टीबाटै सामूहिक राजीनामा गरेको उनीहरुको भनाइ छ ।