जसपाद्वारा संविधान दिवस बहिष्कार - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

जसपाद्वारा संविधान दिवस बहिष्कार



काठमाडौं- जनता समाजवादी पार्टीले संविधान संशोधनको माग दोहोर्‍याउँदै संविधान दिवसमा विरोध गर्ने भएको छ।

संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरणलगायतका प्रावधान अधुरो र अपूर्ण रहेको भन्दै जसपाले संविधान दिवस बहिष्कार गर्ने भएको हो।

संविधानमा विभेदकारी प्रावधान राखिएको उल्लेख गरेको जसपाले संविधान दिवसमा विरोध गर्ने र विभेदकारी प्रावधान संसोधन दिन दबाब दिने जसपाले जनाएको छ। असोज ३ मा संविधान संशोधनका पक्षमा शान्तिपूर्ण विरोध गर्ने जसपाले जनाएको छ।

जनताको अभिमतलाई समेत अनादर र उपेक्षा गर्दै सरकारले जनतामाथि दमन र हत्या गरी संविधान जारी भएको जसपाको ठहर छ। संविधान विभेदकारी, अधुरो, अपुरो र त्रुटीपूर्ण रहेको जसपाले विज्ञप्तिमा उल्लेख गरेको छ।

संविधानले मधेशी, आदिवासी जनजाति, दलित, शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यकलगायतका समुदायको मुद्दा सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने राजपा माग छ।