जस्तोसुकै परिस्थितिमा पनि शान्ति सुरक्षालार्इ पहिलो प्राथमिकता : दाहाल - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

जस्तोसुकै परिस्थितिमा पनि शान्ति सुरक्षालार्इ पहिलो प्राथमिकता : दाहाल



चितवन, असोज २७ ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले जस्तोसुकै परिस्थितिमा पनि शान्ति सुरक्षालार्इ पहिलो प्राथमिकतामा राखी नागरिकलार्इ प्रभावकारी सेवा प्रधान गर्न आग्रह गरेकी छन् ।

६२ औं प्रहरी दिवशको अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनद्वारा शुक्रबार भरतपुरमा आयोजित कार्यक्रमलार्इ सम्बोधन गर्दै उक्त कुरा बताएकी हुन्। अबको आवश्यकता विकास र सुरक्षा रहेको बताउदै विकासमार्फत संबृद्धी हासिलगर्न सुरक्षा अपरिहार्य रहेको बताइन् ।

कार्यक्रमको प्रमुख अतिथी दाहालले ६२ औं प्रहरी दिवशको अवसरमा शूभकामना दिदै प्रहरीलार्इ नागरिकको सुख दुखको साथी बन्न आग्रह गरिन् ।समाजमा ब्याप्त सबैखाले अपराध अन्त्य गरि शान्ति सुरक्षा र अमनचयन कायम गर्न सम्पुर्ण प्रहरीशक्ति परिचालन गर्न पनि उनले आग्रह गरिन् ।