७४ दिनमा दोश्रो हृदयघात, अवस्था गम्भिर - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

७४ दिनमा दोश्रो हृदयघात, अवस्था गम्भिर



काठमाडौं,
तामिलनाडुकी मुख्यमन्त्री जयललितालाई हृदयघात भएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

आइतबार राति जयललितालाई हृदयघात भएसँगै चेन्नाइको अपोलो अस्पताको आइसीयूमा उपचार भइरहेको छ ।

जयललिता स्वास्थ्यमा समस्या आएपछि २२ सेप्टेम्बरदेखि अस्पतालमा उपचाररत थिइन् । चेन्नाइको अपोलो अस्पताल बाहिर उनका शुभेच्छुक र शुभचिन्तकको भिड लागको छ । र, सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

तामिलनाडुका गभर्नरको कार्यभार समाल्न लागेका विद्यासागर राव रातिनै अस्पताल पुगे । जयललिताको मन्त्रीमण्डलका लगभग सबै सदस्य राति नै अस्पताल पुगेका छन् ।

अस्पतालका प्रवंन्धक संगीता रेड्डीले अस्पतालका डाक्टर मुख्यमन्त्रीको उपचारलाई विशेष ध्यानमा राखेर हरसंभव प्रयास गरिरहेको बताइन् ।