अर्घाखाँचीमा जीप दुर्घटना, ८ घाइते - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अर्घाखाँचीमा जीप दुर्घटना, ८ घाइते



९ भदौ, अर्घाखाँची ।

भूमिकास्थान नगरपालिका ८ मा जीप दुर्घटना भएको छ । लु १ ज २६६४ नम्बरको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

सन्धिखर्क नगरपालिका–८ का खुमानन्द बन्जाडे, सन्धिखर्क नगरपालिका–२ का सुरज भुसाल, विकास भुसाल, प्यूठान जिल्ला घर भएका चालक माधव पराजुली, पुरन परियार र सुनिल क्षेत्री दुर्घटनामा परी घाइते भएका हुन् ।
घाइतेमध्ये खुमानन्द बन्जाडे, सुरज भुसाल, माधव पराजुली र सुनिल क्षेत्रीलाई जिल्ला अस्पताल अर्घाखाँचीमा सामान्य उपचार पश्चात बुटवल रिफर गरिएको छ भने पुरन परियार र विकास भुसालको जिल्ला अस्पताल अर्घाखाँचीमै उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ ।
जीप सडकबाट करिब सय मिटर तल खसेको थियो ।