जेनियम एकेडेमीको ११ औं वार्षिकोत्सब सम्पन्न - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

जेनियम एकेडेमीको ११ औं वार्षिकोत्सब सम्पन्न



पहलमानपुर ,कैलाली । कैलालको घोडाघोडीनगरपालीका- १० पहलमानपुरमा रहेको जेनियम एकेडेमी प्रा.लि.को ११ औं वार्षिकोत्सब तथा सरस्वती पुजा कार्यक्रम आईतबार सम्पन्न भएको छ ।

संस्थाका संस्थापक दिपेन्द्र तिवारीको अध्यक्षतमा भएको कार्यक्रमको प्रमुख अतिथी घोडाघोडी नगरपालिकाका नगरशिक्षा अधिकृत उमेशराज रेग्मी रहनु भएको थियो l कार्यक्रममा नगर शिक्षा अधिकृत रेग्मीले घोडाघोडी नगरपालिकामा रहेका सामुदायिक र संस्थागत बिध्यालयहरूलाई नगरबाट प्राप्त हुने सेवा समान रूपमा प्रदान गरिने बताउनु भयो । उहाले हाल घोडिघोडी नगरपालिका भरी सामुदायिक ,संस्थागत तथा क्याम्पस गरी १०० बढी शैक्षिक संस्था रहेको र सबै शैक्षिक संस्थाले गुणस्तरिय शिक्षा प्रदान गर्नु पर्ने भएका कारण बालबालिकालाई जिबन उपयोगी शिक्षा प्रदान गर्ने दाईत्व सरकारको समेत रहेको हुदा अब घोडाघोडी नगरपालिकालाई शैक्षिक नगरीको रूपमा बिकास गर्न सबैको हातेमालो जरूरी रहेको बताउनु भयो ।

कार्यक्रममा कान्तिराज्य लक्ष्मी माध्यामिक बिध्यालयका बिध्यालय ब्यबस्थापन समिती अध्यक्ष खडक बाहादुर रावत ,घोडाघोडी उधोग बाणिज्य संघका सचिब धिरेन्द्र कठायत , समाजसेबी रिता चौधरी ,कलमबम मेमोरियलका प्रिन्सिपल बजिर सिंह बम,अभिभावक यम पोख्रेल लगायतले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रमको संचालन सोही बिध्यालयका प्रिन्सिपल चन्द्र बहादुर सिंहले गर्नु भएको थियो। उल्लेख्य अभिभाबक बिध्यार्थी लगायतको उपस्थिती रहेको कार्यक्रममा बिध्यार्थीहरूले बिभिद सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।