एउटी शिक्षिका जसले आफ्नै विद्यार्थीलाई गरिन् पटक-पटक बलात्कार - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एउटी शिक्षिका जसले आफ्नै विद्यार्थीलाई गरिन् पटक-पटक बलात्कार



न्युयोर्क- शिक्षकले छात्रालाई बलात्कार गरेका कैयौँ घटना त सुनिएको थियो तर अमेरिकामा एउटा अनौठो घटना घटेको छ । यो घटनामा शिक्षिकाले आफ्ना छात्रलाई पटकपटक बलात्कार गरेको खुलेको छ ।

तीन वर्षअघि प्रहरीले २८ वर्षकी अंग्रेजी शिक्षिका जेनिफर क्यासवेल र उनका १५ वर्षीय छात्र मिसिसिपीको एउटा होटलबाट पक्राउ गरेको थियो । विद्यार्थीसँग यौन सम्पर्क गरेको हल्ला चलेपछि उनले पक्राउ हुनु दुई महिनाअघि ओक्लाहोमको होलिस मिडिल स्कुलबाट राजीनामा दिएकी थिइन् । त्यसको प्रमाण अहिले फेला परेको छ ।

यो जोडीले छात्रको घर, कक्षा कोठालगायत अन्य स्थानमा बारम्बार यौन सम्पर्क गरेको थियो । केटालाई भेट्न ओक्लाहोमाबाट ६५० माईल पूरा गरेर मिसिसिपीसम्म पुग्दा जेनिफर पक्राउ परेकी थिइन् ।

बलात्कार, बच्चालाई प्रलोभन र जबरजस्ती यौनसम्बन्धी कसूरमा उनलाई अदालतले दोषी ठहर गर्दै १० वर्षको जेल सजाय तोकेको थियो । सो अपराधका लागि १० लाख डलर क्षतिपूर्ति दिन अदालतले थप आदेश दिएको छ ।

छात्र र उसको बुबाले जेनिफर र स्कूलबिरूद्ध दायर गरेको मुद्दाको फैसला गर्दै एक संघीय न्यायाधीशले पूर्व शिक्षकले छात्रको परिवारलाई १० लाख डलर रकम तिर्न आदेश दिएको हो ।

जिल्ला न्यायाधीश रबिन जे काउथ्रोननले भने, ‘एउटी शिक्षिकाले आफ्नो विश्वास र अधिकार दुरुपयोग गरी एक युवकलाई यौन उल्लंघन गरिन, जसका कारण युवकले बाँकी जीवनमा मुठभेडको भावनात्मक असर सामना गर्नेछन ।’ छात्रले उदासीनता, एक्लोपन, र घटनाहरूका लागि आत्मग्लानी अनुभूति गरेको पनि न्यायाधीशले बताएका छन् ।

बालकलाई भविष्यमा महिलाको साथीलाई स्वीकार गर्न र महिला अधिकारीहरूलाई विश्वास गर्न समस्या हुने मानसिक स्वास्थ्य व्यावसायीले अनुमान गरेको पनि फैसालमा उल्लेख छ ।

यसैबीच, जेनिफरसँग रकम नभएकोले पीडितका परिबारले पैसा नलिन सक्ने छात्रका वकिल बब वायटले बताएका छन् ।