झलनाथ खनाल पराजित, सातौँ पटक सांसद बन्ने धोको पुरा भएन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

झलनाथ खनाल पराजित, सातौँ पटक सांसद बन्ने धोको पुरा भएन



काठमाडौं- माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजित भएका छन् ।

इलाम क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणमा पुगेको छ गणना सकिनै लाग्दा खनाल नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतसँग २५ सय मतले पछाडि छन् ।

इलाम १ मा सातौंपटक उम्मेदवार बनेका खनालले यसपटक आफ्नै पूर्वकार्यकर्ता महेश बस्नेतसँगको प्रतिस्पर्धामा सुरूदेखि नै पछि परेका थिए ।

पछिल्लो गणनाअनुसार बस्नेत २४ हजार ३०४ मतसहित अग्रस्थानमा रहदा खनाल २१ हजार ८०२ मतका साथ पछ्याइरहेका छन् । कुल ५९ हजार ९०६ मत खसेकोमा अहिलेसम्म ५६ हजार ४९२ मत गणना भइसकेको छ ।

खनाल २५ सय मतले पछाडि परेकाले अब ३ हजार जति गन्न बाँकी मतबाट उनले जित निकाल्न असम्भव छ ।

गठबन्धनको साथ हुँदा पनि जित्ने स्थिति नभएपछि खनालले पुनः मतदानको माग गरेका छन् । तर उक्त माग पूरा नहुने निर्वाचन आयोगले जनाएको छ ।