आफ्नै कार्यकर्तासँग पराजित हुँदै झलनाथ खनाल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

आफ्नै कार्यकर्तासँग पराजित हुँदै झलनाथ खनाल



काठमाडौं । चुनावी मैदानमा रहेका पाँचजना पूर्व प्रधानमन्त्रीमध्ये झलनाथ खनालको पराजय पक्का भएको छ । उनका प्रतिस्पर्धीले लगातार लिड गरेपछि उनको बिजय कठिन बनेको छ ।

नेकपा एसका सम्मानित नेता समेत रहेका खनाल इलाम १ बाट गठबन्धनको साझा उम्मेदवार छन् । मंगलवार साँझ ८ बजेसम्मको मतगणना अनुसार खनाल करिब १५ सय मतले पछाडि छन् ।

इलाम नगरपालिकाका पूर्व मेयर समेत रहेका एमाले इलामका अध्यक्ष महेश बस्नेत १० हजार २८७ मतसहित अग्रस्थानमा रहदा खनाल ८ हजार ७८० मतसहित दोस्रो स्थानमा छन् ।

गणनाको सुरुदेखि नै पछि परेका खनाल विगतमा आफ्नै कार्यकर्ता रहेका महेश बस्नेतसँग प्रतिस्पर्धामा छन । खनालले अग्रता लिने अवस्था कमजोर बन्दै गएको छ ।