दुर्घटनाको संघारमा नेकपा एस- पार्टी छाड्ने तयारीमा झलनाथ समूह - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

दुर्घटनाको संघारमा नेकपा एस- पार्टी छाड्ने तयारीमा झलनाथ समूह



काठमाडौं- आन्तरिक किचलोका कारण नेकपा एकीकृत समाजवादी दुर्घटनाको संघारमा पुगेको छ । पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्ना निकट नेताहरूलाई लिएर पार्टी छोड्ने तयारी गरेका छन् ।

नेता खनालले वरिष्ठ नेताहरूलगायत अन्यलाई लिएर पार्टीमा विद्रोहको तयारी गरेपछि नेकपा एसभित्र खैलाबैला मच्चिएको छ । खनालले नेकपा एमालेमा फर्किने वा अन्य तयारी गर्नेबारे आफू निकट नेताहरूसँग निरन्तर छलफल गरिरहेका छन् ।

नेकपा एसका नेताहरू मुकुन्द न्यौपाने, केदार न्यौपाने र चूडामणि जंगलीलगायतका नेताहरूले छलफल अगाडी बढाएपछि पार्टीले उनीहरूमाथि एक्सन लिने तयारी समेत गरेको छ । पार्टीमा पार्टीमा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच पछिल्लो समय असमझदारी बढ्दै गएकाले नेकपा एस दुर्घटनाको संघारमा पुगेको एक नेताले बताए ।

पार्टीको तेस्रो वरियतामा रहेका नेता मुकुन्द न्यौपानेले लामो समयदेखि नेकपा एसभित्र फरक मत राख्दै आएका थिए । न्यौपानेसँग नेकपा एसको मंगलवार बसेको बैठकले स्पष्टीकरण सोधेको समेत खुलेको छ ।

अध्यक्ष नेपालले भागबण्डामा आफ्नो समूहलाई पाखा लगाउने गरेको भन्दै सम्मानित नेता खनाल असन्तुष्ट छन् । यसैबीच पार्टीका नेताहरूलाई बोलाएर कम्युनिस्ट पार्टी कमजोर बनाउन माधव नेपालको भूमिका रहेको भन्दै ब्रिफिङ समेत गरिरहेको पाइएको छ ।

नेता खनालले पार्टी छोड्ने निर्णय कुनै पनि बेला हुनसक्ने भन्दै आफूनिकट नेता कार्यकर्ताहरूलाई तयार रहन निर्देशन समेत दिएका छन् ।

नेकपा यसका एक नेताले भने सम्मानित नेता खनालले पछिल्लो समय पार्टीमा धेरै बार्गेनिङ गर्ने गरेको र मन्त्रिपरिषद विस्तारको बेला घुर्की लगाउन पार्टी छाड्छु भन्दै हिंडेको आरोप लगाए ।