बढ्दैछ संक्रमण: एकै दिन थपिए १ लाख ७ हजार नयाँ संक्रमित « Himal Post | Online News Revolution
Logo

बढ्दैछ संक्रमण: एकै दिन थपिए १ लाख ७ हजार नयाँ संक्रमित



एजेन्सी- विश्वभर कोरोना भाइरस महामारीको संक्रमण घट्नुको सट्टा झन बल्झिंदै गएको छ ।

कोरोना नियन्त्रणका लागि विश्वले अनेक प्रयास जारी राखे पनि विश्वमा कोरोनाबाट हुने मृत्यु र संक्रमणको दर घट्नुको सट्टा झनझन बढ्दै गएको छ । जसका कारण तत्काल कोरोना नियन्त्रण नहुने संकेत देखिएको छ । पछिल्लो २४ घण्टा (शुक्रबार) एकै दिन विश्वभर अहिलेसम्मकै सबैभन्दा धरै कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टा अर्थात आज (शनिबार) विहानसम्ममा मा विश्वभर एक लाख सात हजार ५४५ जना नयाँ संक्रमित थपिएको वल्र्डओमिटरले जनाएको छ । यो एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमण हो । बिहीबार विश्वभर एक लाख ५ हजार ६ सय २९ जना नयाँ संक्रमित फेला परेका थिए ।

विश्वका साढे २१ लाख कोरोना संक्रमित निको, तीन लाख ३९ हजार बढीको मृत्यु
हालसम्म विश्वमा कोरोना महामारीका कारण ज्यान गुमाउनेको संख्या तीन लाख ३९ हजार नाघेको छ । ५२ लाख ९७ हजार बढी संक्रमितमध्ये २१ लाख ५० हजार उपचार पछि निको भएका छन् । ४४ हजार पाँच सय बढी संक्रमितको अबस्था गम्भिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाख ४४ हजार नाघेको छ । मृत्यु हुनेको संख्या ९७ हजार ६ सय पुगेको छ । बेलायतमा दुई लाख ५४ हजार संक्रमितमध्ये ३६ हजार तीन सय बढीको मृत्यु भएको छ ।

इटालीमा दुई लाख २८ हजार ६ सय संक्रमित र ३२ हजार ६ सय बढीको मृत्यु भएको छ । फ्रान्समा एक लाख ८२ हजार दुई सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार दुई सय नाघेको छ ।
यस्तै स्पेनमा दुई लाख ८१ हजार नौं सय बढी कोरोना संक्रमितमध्ये २८ हजार ६ सय बढीको मृत्यु भएको छ ।

ब्राजिलमा तीन लाख ३० हजार आठ सय बढी संक्रमित हुँदा २१ हजार बढीको मृत्यु भएको छ । यता जर्मनीमा एकलाख ७९ हजार सात सय बढी संक्रमित र ८ हजार तीन सय बढीको मृत्यु भएको छ ।

चीनमा ८२ हजार ९७१ कोरोना संक्रमित हुँदा मृत्यु हुनेको संख्या ४ हजार ६३४ पुगेको छ । रसियामा तीन लाख २६ हजार चार सय बढी संक्रमितमा मृत्यु हुनेको संख्या तीन हजार दुई सय नाघेको छ ।

छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या एक लाख २४ हजार सात सय नाघ्दा तीन हजार ७२६ जनाको मृत्यु भएको छ । पाकिस्तानमा हालसम्म एक हजार ६७ जनाको मृत्यु हु्ँदा ५० हजार ६ सय बढी संक्रमित भएका छन् ।