झन्डै बिमान दुर्घटनामा परेनन् परराष्ट्रमन्त्री प्रकाशशरण - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

झन्डै बिमान दुर्घटनामा परेनन् परराष्ट्रमन्त्री प्रकाशशरण



२८ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री प्रकाशशरण महत चढेको नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट बचेको छ ।

RA-206

फाइल फोटो

मंगलबार दिल्लीबाट आएको आर ए २०६ विमान अवतरणका क्रममा ल्याण्डिङ गियर फसेको हो । उक्त विमानमा भारत भ्रमण पुरा गरी फर्किएका परराष्ट्रमन्त्री महत समेत थिए ।

विमानस्थल अधिकारीहरुका अनुसार ल्याण्डिङ गियर फसेको पूर्वसूचना पाइलट र विमानस्थल अधिकारीहरुलाई हुन्छ । र, अवतरणका क्रममा पूर्व सावधानी अपनाइन्छ । फमहरू राखेर विमानलाई फोर्स ल्याण्डिङ गरिन्छ भने एम्बुलेन्स, दमकलसहित पूर्व तयारी हुन्छ ।

नेपाल एयरलाइन्सको उक्त विमान अहिले धावन मार्गमै रहेको विमानस्थलको एयर ट्राफिक कन्ट्रोलले जनाएको छ । जसका कारण अन्तराष्ट्रिय उडान तथा अवतरण रोकिएको छ । विभिन्न देशबाट काठमाडौं आउँदै गरेका विमान डाइभर्ट गरिएको छ ।