झापाका धेरै स्थानमा एमाले पछि पर्‍यो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

झापाका धेरै स्थानमा एमाले पछि पर्‍यो



झापाका पाँच स्थानीय तहको मतगणना सुरु भएको छ । शनिबार बिहानबाट मतगणना सुरु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

सुरुवाती मतगणनाअनुसार अधिकांश स्थानीय तहमा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
बिहान २ बजेसम्म जिल्लाको कचनकवल, भद्रपुर, हल्दिवारी, बाह्रदशी र दमक नगरपालिकामा गणना सुरु भएको थियो ।

बाँकी १० पालिकामा शनिबार १० बजेपछि गणना सुरु गर्ने सर्वदलीय निर्णय छ ।

झापामा २ लाख १७ हजार ४०५ पुरुष र २ लाख ३८ हजार ७१ महिला गरी कूल ४ लाख ५५ हजार ४७६ जनाले मतदान गरेका थिए ।

यो करिब ७०.४८ प्रतिशत हो । जिल्लामा जम्मा ६ लाख ४६ हजार २३४ मतदाता रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।