झापाका जीवनलाई बहराइनमा कार उपहार - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

झापाका जीवनलाई बहराइनमा कार उपहार



समीर प्रकाश पाण्डे / बहराईन

 

बहराइन । भनिन्छ भाग्यमा विश्वास गर्नुहुँदैन भाग्य त कर्म अनुसार बन्ने हो ! तर भाग्यमा छ भने साँच्चिकै डोकोमा दूध दुहिए पनि अडिन्छ भन्ने कुरा कहिलेकाँही होकी जस्तो पनि मानिन्छ। जसका ज्वलन्त उदाहरण बनेका छन् जीवन पौडेल, यदि भाग्यमा थिएन भने त्यति धेरै कामदारहरु मध्य मलाई नै गाडी पर्ने के थियो।

पौडेल भन्छन् वैदेशिक रोजगारीको सिलसिलामा विगत लामो समय देखि बहराइनको युनिट्याग क्लिनिङ कम्पनीमा कार्यरत झापा शनिअर्जुन -९ , देउनियाका पौडेल यतिखेर निकै खुसीमा छन्। उनको खुसीको कारण हो उपहार स्वरूप उनलाई परेको गाडी (Car)।

प्रत्येक वर्ष आयोजना हुने किङ्ग कप फुटबल प्रतियोगिताको फाइनल चरणका दिन त्यहाँ कार्यरत सम्पूर्ण कामदारहरूको लागि भनेर ८ वटा गाडी उपहार स्वरूप राखिएको थियो जुन फाइनल खेल गत मार्च २५ तारिख २०१७ मा सम्पन्न भएको थियो।

जसको र्याफल कुपन सम्पूर्ण कामदारहरुलाइ वितरण गरिएको थियो। त्यसमध्ये एउटा गाडी (चेभरोलेट) पौडेल लाई परेको थियो। गाडी पर्‍यो भनेर साथीले सुनायो विश्वास नलागे र आँफै रिजल्ट हेर्न गए साँच्चिनै मलाई गाडी परेको रहेछ, म खुसीले पागल भए के गरौँ कसो गरौँ भयो हत्तपत्त घरमा फोन गरेर जानकारी गराए, भोलिपल्ट गाडी लिनुथियो त्यो रातभर निन्द्रा लागेन।

भगवानको कृपाले गर्दा मलाई उक्त गाडी प्राप्त भएको हो, उक्त गाडी बेचेर आएको रकम मेरो आफ्नो प्रायोजन बाहेक सामाजिक कार्यमा पनि थोरै धेरै सहयोग गर्ने प्लानमा छु। अङ्ग्रेजी वर्षको २०१० मा पहिलोपटक बहराइन आउँदा उनको बेसिक तलब जम्मा (BD ४५) थियो । साधारण क्लिनरको भिसामा बहराइनमा आएका उनी अहिले सोही कम्पनीमा सुपरभाइजरको रूपमा कार्यरत छन्।

सहयोगी :- अरुण क्षेत्री