विन्ध्यवासिनी म्युजिक प्रा. लिको प्रस्तुतिमा शंकर लामिछानेको तिजको कोसेली “झुक्कायो एेनाले” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विन्ध्यवासिनी म्युजिक प्रा. लिको प्रस्तुतिमा शंकर लामिछानेको तिजको कोसेली “झुक्कायो एेनाले” बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

पछिल्लो समयमा तिज गीत भड्किला र रत्यौली पाराका भए भन्ने गुनासो श्रोता तथा दर्शकहरुबाट आइरहेका छन् यस्तै तीज गीतमा विकृति पनि बढेको छ । कुनै तीज गीत त सुन्न तथा हेर्न लायक पनि छैनन् ।

यसरी तिज गीत बर्सेनि भटकिलो बन्दै जाने हो भने विकृति झनै मौलाउदै जाने सरोकारवालाहरु बताउछन् । अधिकांश तिजका गीत भटकिलो पाराका भए पनि केही तिजका गीत भने तिजको नेपाली परम्परा अनुसार नै बजारमा भित्रिरहेका छन् । त्यस्ता गीतहरुलाई आम स्रोताहरुले रुचाईरहेका पनि पाइन्छ । यसैबिच यसपालि रुचाएको एउटा गीत हो “ मै राम्री हुँ कि झुक्कायो एेनाले ” ।

बिन्ध्यबासिनी म्युजिक प्रा. लिको प्रस्तुतिमा शङ्कर लामिछानेको तिजको कोसेली झुक्कायो एेनाले केही दिन अगाडि मात्र सार्वजनिक भएको हो गीतमा शङ्कर लामिछाने र गायिका मेलिना राईको समधुर स्वर रहेको छ भने शब्द सङ्गीत शङ्करले नै गरेका छन् ।

सोही गीतको म्युजिक भिडियोमा डान्सर तथा मोडल पार्वती राई र शङ्कर लामिछानेकै अभिनय तथा नित्य रहेको छ । भिडियो पार्वती राईको निर्देशनमा राजेश घिमिरेको छायाङ्कन र विष्णु शर्माले सम्पादन गरेका छन् ।