पोस्टमार्टम भन्छ झुन्डिएकै कारण मृत्यु भएको हो - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

पोस्टमार्टम भन्छ झुन्डिएकै कारण मृत्यु भएको हो



काठमाडौं : माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।

पोस्टमार्टम रिपोर्टमा पुडासैनीले आत्महत्या गरेको उल्लेख रहेको संकेत जिप्रका चितवनका प्रमुख एसपी दानबहादुर मल्लले गरे । ‘पोस्टमार्टम रिपोर्ट आएको छ । मंगलबार सम्पूर्ण रिपोर्ट लिएर म्याद थपका लागि अदालतमा पेस गर्छौँ । रिपोर्टमा हामीले पहिले जे आशंका गरेका थियौँ, त्यही नै भएको उल्लेख छ,’ उनले भने ।