मुम्बईमा एक नेपालीको झुण्डिएर मृत्यु « Himal Post | Online News Revolution
Logo

मुम्बईमा एक नेपालीको झुण्डिएर मृत्यु



हरि महर ,माघ २६ /मुम्बई 
जय सिंह बिकको  बुधबार राती १२ बजे  आफ्नै कोठामा झुन्डिएर मृत्यु भएको छ । अछाम दर्ना ४ का बिक मुम्बईको कुर्ला कमानी काजु पाडा गारमेन्ट कम्पनीमा काम गरिरहेका थिए  ।

उनकी श्रीमती सरु बिकका अनुसार घरमा सधै झगडा हुने गरेको जानकारी दिइन। बुवा गगन सिंह बिक र छिमेकीले हत्याकोआसंका गरेका छन। जय सिंह बिकका दुई सन्तान छन् १४ बर्षका छोरा र १० बर्ष कि छोरी उनीहरु  स- परिवार साथमा मुम्बईमै  बस्दै आएका थिए ।

आज बिहान पोस्ट मार्टम  भैसकेको छ भने आजै दाहसंस्कार हुने  ललित ताम्राकारले जनाकारी दिएका छन्  ।