बालेन शाहको ४३७ मत भन्दै झुटो खबर भाइरल - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बालेन शाहको ४३७ मत भन्दै झुटो खबर भाइरल



काठमाडौं- सामाजिक संजालमा काठमाडौंको मत परिणाम भन्दै केहि स्क्रिनसर्ट भाइरल बनाइएको छ । काठमाडौंको मतगणना सुरू नहुँदै बालेन शाहको अग्रता देखाएर भाइरल बनाइएको पोष्ट सत्य होइन ।

काठमाडौंमा अहिले सर्वदलीय बैठक बस्ने तयारी भएको बताइएको छ । सर्वदलीय बैठक नबस्दै भाइरल बनाइएको पोष्टमा बालेन शाहले एमाले र गठबन्धनका दुवै उम्मेदवारलाई उछिनेको देखाइएको छ ।

भाइरल भएको पोष्ट नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले समेत शेयर गरेपछि यसलाई सबैले पत्याएका छन् । काठमाडौंको मतगणना राति १२ बजेपछि मात्रै सुरू हुने निर्वाचन आयोगले जनाएको छ ।