गाउँगाउँमा डेरी आवश्यक: मण्डल - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गाउँगाउँमा डेरी आवश्यक: मण्डल



घनश्याम पौडेल अर्घाखाँची, १५  असोज

अर्घाखाँची जिल्लाका गाउँगाउँमा डेरी सञ्चालन आवश्यक रहेको जिल्ला पशु सेवा कार्यालयका डा. रामनारायण मण्डलले बताए । लुम्विनी सामुदायिक कृषी सहकारी संस्था लिमिटेड धातिवाङ्ग मार्फत सञ्चालनमा आएको दुग्ध सङकलन केन्द्र डेरीको बिहिवार उदघाटन गर्दै धातिवाङ्गका सवैलाई अवदेखी एक घर एक उन्नत जातका पशुपालन गर्नतर्फ कृषकहरु लाग्नुपर्ने बताए ।

यस डेरीको देखासिकी गरी अन्य गाविसले पनी डेरी सञ्चालन गर्नको लागी प्रभावित पार्नेखालको काम गर्नुपर्नेमा जोड दिनुभयो । डेरी सञ्चालनको लागी आवश्यक सहयोग पशु सेवा कार्यालय बाट रहने भन्दै एक घर एक उन्नत जातका गाई तथा भैसीपालन गर्ने तर्फ कृषकहरु लाग्नुपर्नेमा जोड दिए ।

लुम्बिनी सामुदायिक कृषी सहकारी संस्थाका अध्यक्ष पुनाराम पौडेलले सहकारीलाई नमुना सहकारी बनाउन लागिरहेको भन्दै संस्थाले डेरी सञ्चालनमा ल्याएको भन्दै सङकलन भएको दुध सन्धिखर्क, पाल्पा बुटवल पठाउने तयारीमा लागेको वताए ।